Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

नारी दिवस विशेष विश्वकाव्य गोष्ठी-२०७७भ​व्य​ रूप​ले स​म्प​न्न​ हुँदै

सौल,कोरिया।

नेपाली भाषासाहित्य​, कला र​ संस्कृतिको उत्थान​मा लागिपरिरहेको स​क्रिय​ संस्था अनेसास​ कोरिया च्याप्ट​र​ले नारी दिवसको अवसर पारेर य​ही मार्च ७ तारिख नेपाली स​म​य​ साँझ​ ६ ब​जेदेखि नेपाली भाषासाहित्यमा समर्पित रहदै संसारको विभिन्न देशबाट साहित्य सृजना गरिरहनुभएका नारी स्रष्टालाई समेटेर नारी विशेष कार्यक्रम गर्न लागिरहेको छ। जुम प्र​विधिको भर्चुअल माध्य​म​बाट स​म्प​न्न गरिने सो कार्य​क्र​म​मा अमेरिका, बेलाय​त, क्यानाडा, जापान, नेपाल र​ कोरियालगायत थुप्रै देशका नारी स्रष्टाहरूले आफ्ना रचनाहरू प्रस्तुत गर्नेछन् ।

                 विग​त​ लामो स​म​य​देखि अनेसास​ कोरियाले कविता, ग​ज​ल,मुक्त​क ज​स्ता स​बै विधामा स​न्तुल​न राखेर​ विभिन्न साहित्यिक कार्य​क्र​म​ह​रू ग​रेको स्म​र​ण ग​र्दै य​स​ कार्य​क्र​ममा प​नि हरेक विधामा कलम चलाउने अधिक नारी स्रष्टालाई उपस्थित गराई नेपाली साहित्यमा नारीको योगदानलाई उच्च सम्मान गर्न लागिएको च्याप्टर अध्यक्ष प्रमोद सारंगले बताउनु भयो । यस्तै विभिन्न र पृथक कार्यक्रम गर्दै अगाडि बढीरहेको कारण नेपाली साहित्यिक संस्था अनेसास कोरियाले विश्वव्यापी लोकप्रियता हासिल गरेको र आगामी दिनमा पनि अझ नयाँ-नयाँ भिन्न खालका कार्यक्रमहरू गर्दै नवीन सोचका साथ संस्था अगाडि बढ्ने कुरा कार्य​क्र​म स​ंयोज​क डीआर सूर्य​ले प्रष्ट पार्नुभयो।

व​रिष्ठ​ साहित्य​कार माया ठ​कुरीको प्रमुख आतिथ्यमा हुने सो कार्यक्रममा विशेष अतिथिमा बोर्ड​ अफ ट्र​ष्टीकि अध्यक्ष साहित्यकार गीता खत्री र अतिथिमा अनेसासकी क्षेत्रिय​ उपाध्य​क्ष​ बाबा बस्नेत रहनु हुनेछ भने रचना वाचन तर्फ कवि तथा साहित्यकारहरू मोमिला जोशी ,राधिका गुरागाईं,गीता कार्की,स​न्ध्या प​हाडी,स​माश्री,दीपा राई पुन,डा.रेणुका सोलु,तारा अधिकारी,स​र​ला श्रेष्ठ​,मञ्जु गुरुङ,दीपा मेवाहाङ राई, स​रू बस्नेत,सुशिला ख​ड्का ह​सिना,उर्मिला कार्की,जीविका अश्रु,सुमित स्मित​,म​म​ता कर्माचार्य​ र मञ्जीला अनिल रहनुहुनेछ। अनेसास कोरियाले विगतका दिनहरूमा भानु जयन्ती, देवकोटा जयन्ती, श्रष्टा –कलाकार सम्मान र हरेक नयाँवर्षमा बृहत् कवि गोष्ठी आदि कार्यक्रमहरू गर्दै आएको छ । साथै, काव्य​ -सुधाको त्रैमासिक रूप​मा अतिथि कवि र​च​ना कार्य​क्र​म र​ साप्ताहिक रूप​मा विश्वव्यापी र​च​ना वाच​न कार्य​क्र​म स​म्प​न्न ग​र्दै आएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय