Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

इपिएस कार्यालय ग्वार्कोले MTU बिरुद्ध भ्रम छरेको आरोप,MTU को बिज्ञप्ति

इपिएस कार्यालय ग्वार्कोले कोरियाको मजदुरको आधिकारिक संस्था MTU (प्रवासी मजदुर युनियन कोरिया )बारे भ्रमपुर्ण सुचना सम्प्रेषण गरेको प्रती आपत्ति जनाउँदै बिज्ञप्ति जारी गरेको छ ।

नेपालबाट नेपाली श्रमिक कोरिया प्रवेश गर्न ढिलाई भएको बारेमा प्रवासी श्रमिक युनियन ( Migrants Trade Union . MTU ) कोरियालाई लगाएको झुटो आरोप बिरुद्द एमटियुको बिज्ञप्ति । कोरोनाको संक्रमण बढी रहेको अनि अझै बढ्ने खतरा भएको कारणले कोरियन सरकारले रोजगार अनुमति प्रणाली ( इपिएस ) अन्तर्गत कोरिया लागिरहेको नेपाली श्रमिकहरुलाई ( अन्य देशको पनि रोकेको अवस्था ) हाल केहि समय नलागी रहेको अवस्था छ ।यो बिषयलाई लिएर नेपाल सरकार ( निशाना छाप फोन नम्बर ई मेल सहितको राखेको बैदेशिक रोजगार बिभाग श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय इपिएस कोरिया शाखाको नामबाट बनाईएको सामाजिक संजाल फेस बुक पेजमा अहिले नेपालमा इपिएस प्रणाली तदारुकताका साथ अगाडी बढ्न नसक्नु यस्तो अवस्थामा गुजिनु एमटियुको आन्दोलनकारिको हात हुन सक्छ । इपिएस यस्तो अवस्थामा गुज़ी रहेको अवस्थामा डब्लुपिएसको चिन्ता छ । हामीलाई लाने वारेमा चासो छैन भन्ने प्रवासी श्रमिक युनियन ( एमटियु ) ले कोरियामा आन्दोलन गरेको कारण नेपाली जान नपाएको भन्ने आरोप लगाई यस्तो लेखि पोस्ट गरिएको छ । एमटियुलाई झुटो आरोप लागाई गरेको यस्तो पोस्टले एमटियुको बारेमा भम फैलिएको एमटियुको गरिमामा आच पुर्याएको , विभिन्न असभ्य भाषामा टिक्काटिप्पणी गरिएकोले एमटियुको मानहानी भएको छ । यस्तो झुटो आरोप प्रति प्रवासी श्रमिक युनियन ( एमटियु कोरिया ) घोर आपति छ । यस्तो झुटो आरोप लगाई जनमानसमा भम फैलाउने कुनै व्यक्ति वा निकायले गरेको गतिबिधी एमटीयुकोलागी सय्य हुने छैन प्रवासी श्रमिक संगठन ( एमटियु ) प्रवासी श्रमिकको हक अधिकरको प्राप्तिको निम्ति गरिने सकारात्मक गतिविधिलाई वास्तविकता भन्दा बाहिर गएर जथाभाबी अर्थ लगाउने एमटीयुको इमेजलाई धमिल्याउने कार्य नरोकिएमा जो कोहीलाई कानुनि दायरमा ल्याउन एमटियु पछी पर्ने छैन । इपिएस कोरिया शाखा ग्वार्कोलाई एमटीयु ( कोरिया ) लाई लगाइएको झुटो आरोप बारेमाबास्तबिक कुरा स्पस्ट पार्न आफ्नो धारणा राखी साथै आउदो दिनमा यस्तो झुटो आरोप लगाई गरिने गलत गतिबिधि रोक्न चाडो भन्दा चाडो बिज्ञप्ति जारि गरि दिनकोलागि पत्र पठाई सकिएको छ । आशा छ इपिएस शाखा ग्वार्कोले यो चाडो गर्नेछ ।एमटियुले नेपाली श्रमिक कोरिया लैजानकोलागि रोक लगाउने वा ढिलासुस्ती गर्ने कुनै नरामो गतिबिधि गरेको छैन ।बिभिन्न समयमा श्रम मन्त्रलयको अधिकारीलाई भेटि नेपाली श्रमिक चाडो ल्याउन कुरा राखिएको , कोरियाको संबिधानको धारा ३३ मा सुनिस्चित भएको श्रमिकको ३ अधिकार अनुसार २००५ मा गठन भएर कोरियन श्रम मन्त्रालयमा दर्ता भइ निरन्तर प्रवासी श्रमिकको अधिकार प्राप्तिको निम्ति नाजुक अवस्थाको सुधारको निम्ति प्रवासी श्रमिकलाई गरिने शोषण दमन बिभिन्न भेदभावको बिरुद्द प्रवासी श्रमिकको अधिकार हनन गर्दै बनाइएको नीति नियम सुधार , खारेजी गरी श्रमिकको अधिकार सुनिस्चित हुने कानुनलागु गर्न दबाब दिन प्रवासी श्रमिक संगठन ( एमटियु ) ले बिभिन्न किसिमको संघर्षको गतिविधि गरि रहेको छ ।एमटियुको यस्तो गतिविधिले कोरियामा रहेको प्रवासी श्रमिकसंग सम्बन्धित नियम कानुन धरै परिवर्तन भएको छ । एमटियुको यस्तो गतिविधिले नेपाल लगायत अन्य देशको प्रवासी श्रमिक कोरिया प्रवेशमा कुनै असर नपर्ने र कोटा नघट्ने कुरा अवगत गराउन चाहन्छौ ।यो कुरा कोरियन सरकारलाई रामो थाहा छ थाहा नभएको नेपालमा भएको नेपालीहरुलाई मात्र हो . ( अहिले नेपाली श्रमिकको कोरिया प्रवेशमा ढिलाई भएको मुख्य कारण कोरोना माहामारी हो । नेपालले कोरोना आफ्नो देशमा छैन भने पनि कोरियाले विश्वास गरिरहेको छैन , नेपाललाई कोरोना संक्रमण जोखिम रास्ट्रको सूचीबाट कोरियाले हटाएको छैन . ) । कसैलाई एमटीयुको बारेमा यसको गतिविधिको बारेमा बुझ्नकोलागि हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ । अनुमानको भरमा झुटो आरोप लगाई आफु अनुकुल व्याख्या गर्दै भ्रम फैलाउने काम कसैले गरेमा एमटियु कडा रुपमा मुकाबिला गर्नेछ । प्रवासी श्रमिक संगठन ( एमटियु ) दक्षिण कोरिया I

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय