Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

इपिएस काेरिया शाखाकाे याे कस्तो गैरजिम्मेवार जवाफ ? भन्छ गलत सुचनाले हैरान भयौं

ईपीएस कोरिया शाखा ग्वार्को को सुचना भन्दै  एउटा सुचना आइतबार दिउँसो शेर भएको थियो ।उक्त सुचनामा Committed workers को 2021-02-21 सम्म का CCVI प्राप्त भएको Name list यस सुचनामा प्रकाशित गरिएको छ ।यस्तै कुराहरु उक्त शेर गरिएको सामाग्रीमा उल्लेख थिए ।

त्यसको तल कमेन्टहरु हेर्दा हामी पनि अलमल परेर तथ्य चेक गर्न श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक राेजगार विभाग अन्तर्गतकाे इपिएस काेरिया शाखा ग्वार्काेमा सम्पर्क गर्ने प्रयास गरियो ।कार्यालयकाे फाेन आधा घण्टा जति बिजि थियोे, बल्ल हाम्रो पालाे आयो ।

हामीले eps news portal मा शेर भएको सामाग्रीकाे बारेमा जिज्ञासा राख्यौं, तर हाम्रो जिज्ञासा पुरै नसुनेर एकजना महिला कर्मचारीले भनिन् सामाजिक सञ्जालमा प्रकाशित हुने ,झुटा र गलत सुचनाले हैरानी व्यहोर्नु परेकाे छ ।हामीले हिजोआज कुनै पनि सुचना जारि गरेको छैनौं यहि बिषयमा सयौं कल आउछन् थकित हुदै ती कर्माचारीले भनिन् ।हामीले फेरि  प्रकासीत सामाग्री पढेर सुनायाै तर पनि उनलेे फेक भनिरहिन ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय