Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

रोजगारीको सिलसिलामा कोरिया आएका शुभराज सदाका लागि अस्ताए !!

सउल, कोरिया

सर्लाही स्थायी घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियाको छनानको कन्कृट प्यानल कम्पनिमा कार्यरत शुभ राज कडरियागत महिनाको जनवरि ५ मा कम्पनिमा काम गर्ने क्रममा अचानक ग्यास विष्फोट भई गम्भिर घाइते हुनु भएको उहाँलाई तत्काल अस्पतालमा उपचारको लागि छनान स्थित दाङ्गुक दे फेङ्उनमा राखिएको थियो। टाउकोमा गम्भीर चोट लागेकोले गम्भीर अचेत अबस्थामा रहनुभएका उहाँको एक महिना जति भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। पहिलो चरणमा स्वास प्रश्वासको लागि मुखबाट अक्सिजन दिईएको भएतापनि लामो समय मुखबाट अक्सिजन दिन असम्भव भएपछि घाँटीको अप्रेसन गरि अक्सिजन दिने क्रममा असहज भई फेब्रुअरी ४ मा  उहाँको मृत्यु भएको थियो। स्वर्गिय कडरिया दोस्रो कार्यकाल पुरा गरी आउँदो जुलाईमा नेपाल फर्कँदै थिए। नेपाल पत्रकार मञ्च दक्षिण कोरिया शाखाका सदस्य समेत रहेका उनी कुसल सञ्चारकर्मी समेत थिए। स्वर्गिय कडरियाको शब नेपाल दुताबास र श्रम सहचारी रमा भट्टराईको बिशेष पहलमा एसियाना एरलाइन्स मार्फत नेपाल पठाइएको थियो। सोही दिन परिवारको उपस्थितिमा उनको अन्त्यष्टि गरिएको थियो।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय