Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

सुन्दर सपना बोकेर कोरिया पुगेका नेपाली यूवा उतै अस्ताए !

 

नेपाल बाट सुनौलो सपना बोकेर इपिएस मार्फत रोजगारिको सिलसिलामा दक्षिण कोरिया आउनु भएको हरिवन, सर्लाहि घर भएको शुभराज काडरिया हिजो एसियाना एरलाइन्स मार्फत नेपाल जानु भएको छ तर काठको बाक्समा।

हिजो आफ्नो कार्यकाल सकाएर प्राय खुसि मुद्रामा नेपालिहरु नेपाल उडेका थिए । तर छनानको कन्कृट प्यानल कम्पनिमा काम गर्ने स्वर्गिय शुभराज , गत महिनाको जनवरि ५ मा कम्पनिमा काम गर्ने क्रममा अचानक ग्यास विस्पोट भई कोरियन कामदार एकजना घट्नास्थलमामृ’त्यु र उहा गम्भिर घाइते हुनु भएको थियो ।

घट्ना घटेपछि उहालाई तत्काल अस्पतालमा उपचार गर्न लगिएको र एक महिना जति भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा फेब्रुअरी ४ मा मृ’त्यु भएको जानकारि सङ्गै काम गर्ने सुनिल लामाले मलाई हिजो मात्र जानकारि दिनु भएको छ ।

उहाको उपचारमा कम्पनिले सहयोग गरेको र पाउनु पर्ने बिमा अरु के के हुन्छ त्यस्को लागि पहल गर्दिन हुन सबैलाई अनुरोध गर्नु भएको छ ।

त्यसैले दक्षिण कोरियामा रोजगार गरि राख्नु भएको सम्पुर्ण नेपालि दाजु, भाई , दिदि बहिनिहरु काम गर्ने क्रममा एक्दम होसियारका साथ काम गर्नुहोला भन्न चाहन्छु ।

साथ साथै स्वर्गिय शुभराज कडारियालाई हार्दिक श्रद्धाञ्जली अर्पन र उहाको आत्माले शान्ति र शोक सन्तब्द परिवारजन लाई धेर्य धारण गर्ने शक्ति भग्वानले प्रदान गरुन भन्न चाहन्छौँ।ईपिएस छिन्गुन्बाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय