Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

आन्दोलनले काेरियामा राम्रो सन्देश जादैन :श्रम काउन्सेलर रमा भट्टराई

दक्षिण काेरिया साैल , इपिएस पासरहरुले गर्ने आन्दाेलनले काेरियामा राम्रो सन्देश नजाने दक्षिण काेरियाका लागि श्रम कान्सेलर रमा भट्टराईले बताएकी छन् । उनले नेपालपत्रकार महासंघ दक्षिण काेरियाले सञ्चालन गरेकाे कार्यक्रम समय संवादमा कार्यक्रम प्रस्ताेता सविना कार्कीसँग यस्ताे बताएकी हुन् ।उनले नेपालमा हुने त्यस्ताे खालकाे आन्दाेलनले काेरियामा राम्रो सन्देश नजाने र अझै नेपालीकाे काेटा समेत काटिन सकिने बताउदै सचेत रहन आग्रह समेत गरेकी छन् ।

त्यसैगरी कमिटेट वर्करहरुकाे लागि केही समयमा खुल्न सक्ने र राेजगार दाताले पर्खेकाे खण्डमा फेरि काेरिया आउन सक्ने भन्दै क्यानसिल भएकाहरुले कम्तिमा म केहि वर्ष भएपनि काेरियामा रहन त पाए भनेर चित्त बुझाउन काउन्सेलर भट्टराईले अनुराेध गरेकी छन् । त्यस्तै उनले काेरियाले रेगुल श्रमिक ल्याउन पनि कहिलेबाट सुरु गरिने भन्ने कुरा अन्दाजमा भन्न नमिल्ने बताएकी छन् ।

काेराेनाकाे कारण देखाउदै लामाे समयदेखि काेरियाले नेपाली श्रमिक ल्याउन बन्द गरेकाे छ उक्त प्रक्रिया पनि कहिलेबाट खुल्छ भनेर एकिन गर्न नसक्ने भट्टराईले कार्यक्रममा बाेल्दै नेपालबाट मात्रै नभएर काेरियाले अरु देशबाट पनि कामदार नल्याएको काउन्सेलर भट्टराईको भनाइ छ । नेपाली राजदुतावास काेरियाका लेवर काउन्सेलर भट्टराई सँग पत्रकार सविना कार्कीले गरेकाे संवाद सुन्न तल भिडियो लिङ्कमा जानुहाेस , हाम्रो कान्तिपुरबाट साभार

https://m.facebook.com/story.php?story_fbid=814491199106226&id=100237805005782

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय