Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको अध्यक्षमा सृजना नेपाली चयन, प्रम ओलीको कदम स्वागत योग्य

दक्षिण कोरिया/ सिउल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को प्रवास कमिटी प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको अध्यक्षमा सृजना नेपाली चयन भएको छ । प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको अध्यक्ष परसुराम सापकोटा नेपाल फर्किएको थियो ‌। उनको राजिनामा स्वीकृत भएकोले सृजना नेपालीलाई आइतबार केन्द्रिय कमिटिको भर्चुअल बैठकले अध्यक्षमा चयन गरेको हो । उक्त बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)केन्द्रिय सदस्य, प्रवास संयोजक तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार कमरेड राजन भट्टराईको प्रमुख आतिथ्य रहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन र ताजा जनादेशमा जान निर्वाचनको मिति घोषणा गरेको कदम स्वागत योग्य
रहेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।
त्यसैगरी सचिवमा आन्जन कुलुङ राई लगायत ५७ जनाको केन्द्रीय समितिमा १६ जना सदस्यहरू थप गरि बृहत समिति निर्माण गरेको विज्ञप्तिमा जनाएको हो ‌ । बिनोद खनाल, सुजन पण्डित, माधव अर्याल, मदन कृष्ण भुजेल, दिलिप दहाल, भवानी बेघा, सन्दिप बि. क., सन्तोष श्रेष्ठ, सुरज ठकुरी, वीर कुमार ओली, टिकाराम पोखरेल, बिनोद खनाल (गुल्मी), दीपक खनाल, गणेश आले मगर, टिबि घर्तिमगर,सुरज दर्लामी मगरलाई थप गर्ने निर्णय गरेको छ ।

नेपाली जनताको चाहाना अनुसार स्थिर सरकार र त्यस मार्फत तिब्र विकासमा एकताबद्ध प्रयास गर्नुको सट्टा केहि नेताहरुको नितान्त ब्यक्तिगत महत्वकांक्षा पुरा गर्न पार्टी भित्र गुटगत क्रियाकलाप गर्दै संबैधानिक र कानुनी प्रकृयाबाट सहज हुने कामहरुलाई हुनै नदिने र सरकारको कामलाई परिणाममुखी हुन नदिने र पदहरुमा सौदाबाजि गर्दै जनमतको यथोचित सम्मान नभएको सन्दर्भमा सम्माननिय प्रधानमन्त्रीले गर्नु भएको प्रतिनिधि सभाको बिगठन र ताजा जनादेशको लागि निर्वाचनको घोषणा प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाले स्वागत गरेको हो ।

प्रेस बिज्ञप्तीमा
सम्माननिय प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष कमरेड के. पी. शर्मा ओली ज्यूले सरकार सञ्चालनमा असहज भएकोले मिति २०७७पौष ५ गते प्रतिनिधि सभा बिघटन गरि आगामी बैशाख १७ र२७ गते ताजा जनादेशको लागि निर्वाचन मिति तय गरि सकेको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को प्रवास कमिटी प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियालाई थप गतिशिल बनाउने उद्देश्यले मिति २०२१ जनवरि १० तारिक आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)केन्द्रिय सदस्य, प्रवास संयोजक तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार कमरेड राजन भट्टराईको प्रमुख आतिथ्यमा मञ्चको केन्द्रिय कमिटिको भर्चुअल बैठक बसि कमरेड सृजना नेपालीलाई अध्यक्ष र कमरेड अञ्जन राईलाई सचिवमा चयन गर्ने निर्णय गरेको छ। यसै गरि मौजुदा केन्द्रिय कमिटीमा केन्द्रिय सदस्यको रुपमा बिनोद खनाल, सुजन पण्डित, माधव अर्याल, मदन कृष्ण झुजेल, दिलिप दहाल, भवानी बेघा, सन्दिप बि. क., सन्तोष श्रेष्ठ, सुरज ठकुरी, वीर कुमार ओली, टिकाराम पोखरेल, बिनोद खनाल (गुल्मी), दीपक खनाल, गणेश आले मगर, टिबि घर्तिमगर,सुरज दर्लामी मगरलाई थप गर्ने निर्णय गरेको छ।

नेपाली जनताको चाहाना अनुसार स्थिर सरकार र त्यस मार्फत तिब्र विकासमा एकताबद्ध प्रयास गर्नुको सट्टा केहि नेताहरुका नितान्त ब्यक्तिगत महत्वकांक्षा पुरा गर्न पार्टी भित्र गुटगत क्रियाकलाप गर्दै संबैधानिक र कानुनी प्रकृयाबाट सहज हुने कामहरुलाई हुनै नदिने र सरकारको कामलाई परिणाममुखी हुन नदिने र पदहरुमा सौदाबाजि गर्दै जनमतको यथोचित सम्मान नभएको सन्दर्भमा सम्माननिय प्रधानमन्त्रीले गर्नु भएको प्रतिनिधि सभाको बिगठन र ताजा जनादेशको लागि निर्वाचनको घोषणा प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरिया हार्दिक स्वागत गर्दछ।
अध्यक्ष
सृजना नेपाली।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय