Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

१७ जनवरी २०२१ मा माघ्या सकराटी विशेष शुभकामना आदानप्रदान कार्यक्रम हुने ।-

 तारा पुन मगर

          विश्वलाई आक्रान्त पारिरहेकाे काेराेना कहरलाई मध्यनजर गर्दै मगरहरुकाे विशेष पर्व माघ्या सकराटीकाे अवसरमा आफ्नाे भेष-भूषा, भाषा, कला-सँस्कृति जगेर्नाकाे निम्ति नेपाल मगर संघ द.काेरिया केन्द्र, नेपाल मगर संघ, किम्हे/बुसान शाखा, नेपाल मगर संघ, थेगु शाखा र DSME मगर समाज , गजेदाेकाे संयुक्त आयाेजनामा १७ जनवरी २०२१ आईतबारकाे दिन भर्चुअल माध्यम (ZOOM) मार्फत “माघ्या सकराटी विशेष शुभकामना आदानप्रदान कार्यक्रम-२०७७(२०२१)” हुने भएकाे छ ।

         उक्त कार्यक्रममा सँस्कृति विद, नेपाल मगर संघ, केन्द्रीय समिति सल्लाहकार, नेपाल मगर साँस्कृतिक संघ, केन्द्रीय सल्लाहकार डा. मीन श्रीस मगरलाई प्रमुख अतिथिकाे रुपमा आमण्त्रण गरिने संस्थाका महासचिव केशर राना मगरले बताए। काेरियामा रहेका सम्पूर्ण संघ-संस्थाहरु, विशिष्ट व्यक्तित्वहरु, व्यवसायीहरु,पत्रकारहरु तथा विभिन्न कामकाे सिलसिलामा काेरियामा रहनुभएका सम्पूर्ण महानुभावहरुलाई कार्यक्रममा सहभागीता जनाई कार्यक्रम सफल पारिदिन संस्थाका अध्यक्ष टेक पुन मगरले अनुराेध गर्नुभएकाे छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय