Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

रामेछाप सम्पर्क समिती दक्षिण कोरियाको अधिबेशन सम्पन्न, नवीन श्रेष्ठको नेत्रृत्वमा १३ सदस्य कार्यसमिति निर्वाचित

-सन्तोष खड्का

रामेछाप सम्पर्क समिती दक्षिण कोरियाको तेश्रो अधिबेशन जनवरी ३ अर्थात आइतबारका दिन जुम मार्फत सम्पन्न भएको छ। कोरोना महामारीले बद्लिएको पस्थितिलाई ध्यानमा राखि यो चोटिको अधिबेशन प्रबिधिको प्रयोग गर्दै भर्चुअल माध्यम जुमबाट (zoom)भएको हो।

अधिवेशनको सभापतित्व निवर्तमान अध्यक्ष रवि प्रताप घिसिङले गरेका थिए भने प्रमुख अतिथिमा नेपाली सम्पर्क समिति ( एनसिसि ) का अध्यक्ष श्री श्रेष्ठ रहेका थिए । त्यस्तै बिशेष अतिथिमा एन.आर.एन.ए कोरियाका उपाध्यक्ष यदु लामिछाने र बागमती प्रदेश एकता समाज कोरियाका अध्यक्ष किशोर ब्लोन नियोग रहेका थिए । साथै बिबिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथीको रूपमा उपस्थित भएका थिए।


अधिबेशनको दोस्रो सत्र अर्थात बन्द सत्रबाट नवीन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्बसहमतिले चयन भएको छ । नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा नरेस मोक्तान , उपाध्यक्षमा सुमन कार्की , महासचिवमा बाबुराज बस्नेत, सचिबमा अभियान खड्का र सुरेस श्रेष्ठ , कोषाध्यक्षमा सरिता कार्की निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा जीवन मानन्धर , घनश्याम चौलागाईं , रजय लामा , छोनाम लामा , उषा तामाङ र हरि कार्की निर्वाचित भएका छन् ।

प्रवासमा रहेको रामेछापबासी एक हौ, जिल्लाको बिकासमा टेवा पुर्‍यौ ” भन्ने मुल नाराको साथ २०१६ मा स्थापना भएको सस्था कोरियामा रहेका रामेछापबासीको साझा चौतारी हो। छोटो अबधिमा नै उत्कृष्ट सस्थाको रुपमा स्थापित हुन सफल रामेछाप सम्पर्क समिती दक्षिण कोरिया अहिले कोरियामा मात्र नभई गृह जिल्लामा समेत चर्चा बटुल्न सफल भएको छ। छोटो अबधिमा नै सफल हुनुका कारणहरू धेरै नै भए पनि मुख्य कारण भने संस्थाले लिएको ईमानदारीता मितब्ययिता पारादर्शिता जवाफ देहिता सामुहिक छलफल र छलफलबाट निश्किएको कार्यन्वयन भएको रामेछाप सम्पर्क समितिका निबर्तमान अध्यक्ष रवि प्रताप घिसिङ्गले बताउनुभयो।
रामेछाप सम्पर्क समिती दक्षिण कोरियाले गत बर्ष गरेको सांगीतिक कार्यक्रमबाट भएको मुनाफबाट संस्थाको नाममा दीर्घकालीन शैक्षिक अक्षयकोष स्थापना गरी उक्त अक्षयकोषबाट आएको पैसाबाट पहिलो चरणमा रामेछापको ६ गाउपालीका र २ नगरपालीबाट दुई दुई जानको दरले १६ जना र सस्थाको तर्फ बाट सस्थागत निर्णयले थप १ गरि १७ जना छात्रछात्रालाई कक्षा ३ देखि कक्षा १२ सम्म लगातार छात्रवृत्ति दिने निर्णय भए अनुरुप सस्थाले प्रत्यक स्थानिय निकायलाई तोकि पठाएको मापदण्ड पुरा भएबमोजिम प्रत्येक गाउँ पालीका र नगरपालीकाले गरेको सिफारीस अनुरुप यो बर्षको छात्रवृत्ति प्रदान गरिसकेको छ। भबिश्यमा यो कार्यक्रम रामेछापको६४ वटा नै वडामा पुर्‍याउने लक्ष्री रहेको सँस्थाले बताएको छ।

निर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा पहिलेका कार्यसमिति र अग्रजहरुले जस्तै संस्थालाई सशक्त रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाए।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय