Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

कोरियामा मास्क नलगाई हिडडुल गरे १ लाख वन जरिवाना लाग्ने

  • दक्षिण कोरियामा नोभेम्बर १३ तारिख अर्थात आज देखि मास्क नलगाई हिडडुल गर्न नपाइने भएको छ l चिसो मौसम शुरु हुदैगर्दा कोरोना भाइरसको प्रभाव थप बढेर जान सक्ने अबस्थालाई मध्येनजर गर्दै सरकारले सार्वजनिक स्थानहरुमा अनिवार्य मास्क लगाउनु पर्ने नियम ल्याएको हो lयदि कसैले अटेर गरि बिना मस्क हिडेको भेटे उक्त ब्याक्तिलाई कारवाई स्वरूप १ लाख वोन जरिवाना तिराउने समेत बताएको छ l यसरी मास्क प्रयोग गर्दा नाक नछोपिनेगरी लगाउनेले समेत जरिवाना तिर्नु पर्ने छ lस्वास्थ्य अधिकारीहरुका अनुसार सार्बजनिक यातायात , डिपार्टमेन्टल स्टोर , अस्पताल ,प्रदर्शनी गृह , सभा सम्मेलन , बिभिन्न क्लबहरु , होटेल ,रेस्टुरेन्ट ,सैलुन ,लगाएत मानिसहरुको आवतजावत हुने स्थानहरुमा अनिवार्य मस्क लगाउनु पर्ने छ lकुनै स्वास्थ्यको कारणले मस्क नापहिरिएमा भने जरिवाना हुने छैन त्यस्तै सार्वजनिक स्थानमा खाना खादा , मुख धुदा वा पौडी खेल्दा मास्क नलगाएपनि जरिवाना नहुने बताएको छ lत्यसैगरी च्यातिएको वा नाक मुखबाट छिटाहरू सजिलै बाहिर निस्किन सक्ने खालको मास्कलाइ समेत अनुमति दिइने छैन lरोग नियन्त्रण विभागका अनुसार कोरियामा बिहिवार मात्र १४३ जना नया भाइरस संक्रमित थपिएका छन् l हाल सम्म कोरोना भाइरसका कुल संक्रमित संख्या २७ हजार ९ सय ४२ छ भने निको हुनेको संख्या २५ हजार ४ सय ४ छ l
Trip
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय