Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

नेपाली राजदूतावास दक्षिण कोरियाले नेपाली श्रमिकको लागि अभिमुखीकरण तथा मनोसामाजिक कार्यक्रम संचालन गर्ने

रञ्जन कुँवर /सिओल दक्षिण कोरिया
नेपाली राजदूतावास दक्षिण कोरियाले नेपाली श्रमिकको मानसिक तथा शारीरिक स्वास्थ्य सामाजिक तथा आर्थिक समस्या लाई सम्बोधन गर्ने उद्देश्यले नेपाल तथा विभिन्न ठाउँमा बसोबास गर्दै आउनुभएका विज्ञ द्वारा अभिमुखीकरण तथा मनोसामाजिक परामर्श अनलाइन कार्यक्रम सञ्चालन गर्न लागेको हो। एनआरएन कोरियाको व्यवस्थापन तथा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया, नेपाली सम्पर्क समिति, आदिवासी जनजाति महासंघ दक्षिण कोरिया,महिलाको लागि महिला लगायत अन्य सामाजिक संस्थाको सहकार्यमा यो कक्षा सञ्चालन हुन लागेको हो।
साप्ताहिक रुपमा संचालन हुन लागेको कार्यक्रममा यही आउँदो आईतबार अक्टोबर ११ देखि सुरु हुनेछ पहिलो हप्ता मानव जीवन योग र दैनिक प्रयोग विधि त्यस्तै दोस्रो हप्ता महामारी को बिगबिगी र यसबाट बच्ने उपाय पूर्वीय दर्शन आध्यात्मिक आचरण र सफलता मानसिक स्वास्थ्य सम्बन्धी चेतना त्यस्तै दोस्रो हप्ता तनाव व्यवस्थापन हासिखुसि जिउने कला तेस्रो हप्ता स्वास्थ्य र साधना चौथो हप्तावित्तीय साक्षरता र यसको महत्व पाँचौं हप्तावैदेशिक रोजगारीबाट फर्किएका को उद्यमशिलताका लागि सरकारी नीति छैठौं हप्ता वैदेशिक रोजगारीबाट फर्किएका उद्यमी बनेका सफलताका कथाहरु
सातौं हप्तामा हुन्डी र यसको नकारात्मक प्रभाव र अन्त्यमा घर फिर्ती तयारी गरी डिसेम्बरको 27 तारिक सम्म यो कक्षा सञ्चालन हुने जानकारी श्रम सहचारी रमा भट्टराईले जानकारी गराउनुभयो । कार्यक्रम दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली माझ पुर्याउन नेपाली राजदूतावास दक्षिण कोरियाले यहाँ रहेका मिडिया तथा अपिल गरेको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय