Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

 अस्थायी भिषा लिएकालाई काम गर्न अनुमती दिनुपर्ने माग गर्दै MTU ले रास्ट्रपति भवन अगाडि पत्रकार सम्मेलन 

सौल दक्षिण कोरिया,
कोभिड -१९(कोरोना ) महामातीको कारणअन्तरदेशीय यातायातका साधनहरु ठप्प भएको कारण दक्षिण कोरियामा सिमित अवधी लिएर कामदारको रुपमा कोरिया प्रवेश गरेका बिदेशी मजदुरहरु भिषा अवधिको कारण  यतिबेला निकै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेका छन ।
कोरियाको मानव संशाधन स्रोतले इ पि एस प्रणालीबाट कोरिया भित्रीएका बिदेशी मजदुरहरुलाई पहिलो कार्यकाल ४बर्ष १० महिनाको भिषा दिने गरेको छ भने कम्पनी परिवर्तन नगरिकन एउटै कम्पनिमा पहिलो कार्यकाल पूरा गरेकाहरु पुनः कोरिया प्रवेश पाउने गरेका छन भने कम्पनी परिवर्तन गरेकाहरुको पुनः आफ्नो देश फर्किएर निर्धारीत मापदण्ड पूरा गतेपछी पुनः कोरिया प्रबेश पाउने नियम छ ।
 तर कोरोना महामारीको कारणले अन्तरदेशीय यातायात पुर्णतः बन्द भएको कारणले कार्य अवधि समाप्त भएर पनि इपिएसको प्रवासी श्रमिकहरु आफ्नो देश फर्किन सकिरहेका  छैनन ।  बिगत केहि महिनादेखि कार्य अवधि समाप्त भई स्वदेश फर्किन सक्ने अवस्था नभएको प्रवासी श्रमिकलाई अध्यायगमनले अस्थाई भिषा दिदै आइरहेको छ ।
प्रवासी मजदुर युनियनका महासचिव मधुसूदन ओझाका अनुसार ” यसरि अस्थाई भिषा पाउने श्रमिकलाई काम गर्ने अनुमित भने प्राप्त गरेका छैनन । यदिअस्थायी भिषा थपेर कतै काम  गरेको अवस्थामा अध्यायगमनले भेटाएमा कारबाहीमा गर्नेछ ।   बस्न दिने काम गर्न नदिने भएकोले यस्तो श्रमिकले आफ्नो दैनिक चलाउन ज्यादै कठिन भई रहेको छ । कार्य अवधि समाप्त भएको श्रमिकले कस्टकर जीवन बिताई रहेको छन ।  त्यसकारण कार्य अवधि समाप्त भई आफ्नो देश जान नपाएको इपिएसको श्रमिकलाई  कानुनी रुपमा काम गर्न अनुमति दिनु  पर्ने माग गर्दै आज एमटियु केसीटियु लगायतले राष्ट्रपति कार्यालय अगाडी पत्रकार सम्मेलन गरेको हो ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय