Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

कोरियामा १०बर्ष कार्याकाल पूरा गरि घर फर्कने तयारीमा रहेका एक नेपालीले गरे आत्महत्या

सौल दक्षिण कोरिया 
कोरिया बसाईको दस बर्ष कार्यकाल पूरा गरि घर फर्कने अन्तिम तयारीमा रहेका एक नेपालीले आईतवार विहान आत्महत्या गरेका छन् ।

स्याङजा जिल्ला मालुंगा घर भई कोरियाको छुङछङबोक्दोमा विगत १० वर्ष देखि सामसङमा कार्यरत यज्ञ वहादुर बस्यालले आफु काम गर्दै आएको स्थानमा आत्महत्या गरेका हुन ।

Trip

४२ वर्षिया वस्याल  कोरियामा १० वर्षे कार्यकाल पूरा गरेर घर जाने सम्पुर्ण तयारीमा रहेको तर  कोरोनाका कारण नेपाल जान रोकिएको  उनका  सहकर्मीले बताएका छन् ।

आज बिहान  कम्पनीको रेस्टुरेन्टमा (सिक्ताङ्ग)मा  खाना खाएर निस्किएका बस्याल लगत्तै अफिसमा गई भित्रबाट ढोका लक गरी आत्महत्या गरेको सिसीटिभि फुटेजमा देखिएको कम्पनीमा कार्यरत सहकर्मी तथा एन आर एन ए प्रतिनिधिले जानाएका छन ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय