Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

बिदामा गएर नेपाल अड्केका प्रायः नेपाली कोरिया आइपुगे

सिओल

बिदामा गएर कोभिड -१९ र लकडाउनका कारण नेपालमै अड्केका प्रायः सबै नेपाली हरु कोरिया आइपुगेका छन् ।

त्यसमध्य पछिल्लो शनिबार ६३ जनालाई के एम ई ट्राभल कम्पनीले समन्वय गरेर कोरिया ल्याइ पुर्याएको हो ।भने आइतबार नै अन्य थप ३२ नेपाली पनि दुबई ट्रान्जिट हुँदै कोरिया प्रबेश गरेका छन् ।

नेपालमा लामो लकडाउन र बढ्दो संक्रमित संख्याका कारण कोरियाले नियमित सिधा उडानमा अझै पनि आनाकानी गरिरहेको छ ।तर भिषा सकेर कोरिया छोड्न चाहेका र छुट्टीमा गएर कोरिया फर्कन आतुर रहेका नेपाली हरुका निमित्त के एम इ ट्राभल र एन आर एन ए कोरियाको कुटनैतिक पहलमा दर्जनौ चार्टर फ्लाइट मार्फत उद्दार गरिएको जनाइएको छ ।

त्यसका लागि नेपाली राजदुताबास कोरियाले पनि आगामी दिनहरुमा कोरियन एअरलाइन्स मार्फत नियमित चार्टर उडान गराउने बिषयमा केही दिन पहिला सुचना प्रकाशित गरेर जानकारि गराएको थियो ।

तर लामो लकडाउन का कारण कोरिया फर्कन नसकेका केहि नेपाली हरुको भिषा रद्द समेत भएको छ भने केहि नेपालीहरु अन्तिम चरणमा कोरिया प्रबेश गरेको के एम इ ट्राभल का संचालक बिनोद कुवरले बताएका छन् । कतिपय कम्पनीका मालिकहरु ले अन्य कामदार राखेका कारण अनेकन अनुरोध गरेर पनि केही नेपाली लाई कोरिया भित्र्याउन सफल भएको उनको दाबी छ ।

विशेषगरी काम छोडेर नेपाल गएका नेपालीहरु लाई कोरिया भित्र्याएर क्वारेन्टिन लगायतका बिषयमा ब्यबस्थापन गर्न निकै गार्हो भएको कुवर ले बताए ।यो कठिनाइका बिचमा अनेकौ आरोप प्रत्यारोप हरु आएपनि धेरै नेपालीहरुको रोजगार गुम्नबाट बचाएकोमा आफू सन्तुष्ट रहेको उनको भनाइ छ ।

नेपाली हरुको कोरिया भित्रिने क्रम सगै समस्या हरु पनि थने क्रम बढ्दो छ ।शनिबार नै दुबइ ट्रान्जिट हुँदै आएका एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।नेपालमा पिसिआर रिपोर्ट नेगेटिभ देखिएपनि कोरियाको ईञ्छन विमानस्थलमा आई परिक्षण गराउँदा संक्रमण पुष्टि भएको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका महासचिव विमल सुवेदीले जानकारी दिए ।

यो सँगै कोरियामा कोरोना संक्रमित नेपालीको संख्या ८ पुगेको छ । कोरियामा संक्रमित ८ नेपाली मध्ये ५ जना नेपालबाट यहाँ आएको १४ दिन भित्र संक्रमण पुष्टि हुनेहरु रहेका छन् ।कोरिया सरकारले ल्याएको पछिल्लो नियम अनुसार संक्रमण निको नहुँदा सम्म सम्पुर्ण उपचार शुल्क बिरामी आफैले तिर्नुपर्ने बताईएको छ ।

केएमईका सञ्चालक विनोद कुँवरले आफुहरुले सम्बन्धित अस्पतालमा पिसिआर परीक्षण गर्न आग्रह गर्दा सिण्डिकेट लादेको आरोप लाग्ने गरेका कारण यात्रुहरुले आफुखुसी अस्पतालमा पिसिआर परीक्षण गराएका कारण समस्या परेको दाबी गरे ।

शनिवार आउने संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबै यात्रुलाई थप निगरानीमा राख्न अनुरोध गरिएको कुँवरले बताए ।हेल्लो नेपाल कोरिया डटकम बाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय