Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कास्की परिवार दक्षिण कोरियाले कास्की जिल्लाको विभिन्न भागका बाढी पहिरो पीडितलाई राहत हस्तान्तरण

कास्की परिवार दक्षिण कोरियाले कास्की जिल्लाको विभिन्न भागमा गएको बाढी पहिरोबाट भएको मानविय क्षति र विस्थापित भएका परिवारलाई राहत सहयोग गर्ने उदेश्यले नन्दजंग गुरुङ संयोजक र एस पि अधिकारिको सह संयोजकत्वमा संकलन गरेको राहत रकम कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपाल,नेपाल च्याप्टरको संयोजकत्वमा ,रू ३००३५० (अक्षरूपी तिन लाख तिनसय पचास रूपया मात्र )हस्तान्तरण गरेको छ। सहयोग हस्तान्तरण कार्यक्रम ४ चरणमा कास्कि जिल्लाको अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाको वडाहरुमा क्रमश: मिती २०७७/५/१९ ,२१,२२ र २३ गते आर्थिक राहत सहयोग हस्तान्तरण गरिएको छ। राहत हस्तान्तरण कार्यक्रम जननिर्वाचित जनप्रतिनिधीहरू प्रदेश सभा सदस्यहरू को प्रमुख आतिथ्यतामा क्रमश माननीय राजिब पहारी,रामजी वराल, गण्डकी प्रदेश का अर्थ तथा विकास सभापती दिपक कोईराला, पोखरा महानगरपालिका उप प्रमुख मन्जु गुरुङ तथा गाउँपालिकाका प्रमुख तथा उप-प्रमुखहरु को बिशेष आतिथ्यमा सगुन गुरुङ ,कर्ण ब.गुरुङ कृष्ण कुमारी दबाडी , नवराज ओझा, लाल सुब्बा तथा गाउँपालिकाका कार्यकारी अधिकृत साथै स्थानिय वडाअध्यक्षहरु को प्रत्यक्ष रोहबरमा,कास्कि परिवार दक्षिण कोरियाका निवर्तमान अध्यक्ष सुरज गुरुङ ,कार्यसमिती सदस्य राम बहादुर क्षेत्रीको प्रत्यक्ष समन्वय मा वास्तविक पिडितहरुलाइ वितरण गरिएको थियोे ।
राहत सहयोग प्राप्त गर्ने व्यक्तिहरुमा, अन्नपूर्ण गाउँपालिकाको ८ घर परिवारलाई प्रती परिवार ९ हजार १ सयका दरले ७२ हजार ८ सय रुपैयाँ प्रदान गरिएको मा प्राप्त गर्ने व्यक्तिहरु,कुल बहादुर परियार,भोले परियार , बल बहादुर परियार , रमेश परियार, मनोज परियार, डील परियार,विवा परियार र राजाराम भण्डारिलाई वितरण गरियो ,
त्यसैगरी माछापुच्छ्रे गाउँपालिका मा ८ घर परिवारलाई प्रती परिवार ८ हजार १ सयका दरले जम्मा ६४ हजार ८ सय रुपैयाँ वितरण गरिएको मा प्राप्त गर्ने व्यक्तिहरु मा रबीलाल बि.क ,डोल बि.क, डील बहादुर बि. क (मामा)दुर्गे कामी , श्रीमती छलि दमाई, राम बा.नेपाली श्रीमती लक्ष्मि दमाई , श्रीमती कल्पना पुन मगर ले प्राप्त गर्नुभएको थियो।
त्यसै गरि रूपा गाउँपालिकामा ७ घर परिवारलाइ प्रती परिवार ९ हजार का दरले जम्मा ६३ हजार रुपैयाँ वितरण गरिएकोमा प्राप्त गर्ने व्यक्तिहरुमा गद्देमाल बि.क, दान बहादुर नेपाली , कृष्ण बहादुर नेपाली, सुर्य बि.क , प्रेम मिजार , पुर्ण बहादुर भुजेल र मन बहादुर नेपाली लाई हस्तान्तरण गरिएको थियो ।
राहत वितरणको अन्तिम दिन पोखरा महानगरपालिकाको कार्यालयमा महानगर भित्र ३ घर परिवारलाइ रु १० हजारको दरले र ९ घर परिवार लाई ७७५० का दरले गरि वितरण गरियो, प्राप्त गर्ने हरुमा प्रेम बि. क , स्व. हिमकली अधिकारिको परिवार, सन्तोष खडका, स्व.टंक बहादुर थापाको परिवार , राम प्रसाद उपाध्यय , सीता दहाल,कृष्ण बहादुर कामी, चित्रकला बि.क, बाबुराम बि. क, टिकाराम आचार्य ,स्व. दुर्गा बिकको परिवार र गिरिधारी वास्तोलालाइ वितरण गरियो।
राहत वितरण कार्यक्रममा कास्कि परिवार दक्षिण कोरियाका निवर्तमान अध्यक्ष सुरज गुरुङ कार्यसमिती सदस्य राम बहादुर क्षेत्री , सल्लाकारहरु क्रमशः प्रदिप गुरुङ,भक्त शेरचन, लक्ष्मि शेरचन , सुमन थापा , राजु पौडेल, राजु सुवेदी, सपना गुरुङ्ग, कुल बहादुर ,बलाराम भण्डारी, निशान्त थापा, गुमन सिंह गुरुङ,रजन्त गुरुङ,एक गुरुङ,सुर्य सुवेदी, सविन लामिछाने साथै कास्कि आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद, नेपाल का पदाधिकारिहरु , उपाध्यक्ष डा. सुन्दर पौडेल, उपाध्यक्ष निरज थापा कुवर , कोषाध्यक्ष गणेशराज पहारी, महिला संयोजक पुजा शाह, शिव गिरि, हरि ढकाल नेपाल च्याप्टर स्ंयोजक शोभाखर भण्डारि सहसंयोजक खोम ब. कार्की तथा पत्रकार दिननाथ बराल,श्रीभद्र पौडेल , घनस्याम पाण्डे ,प्रहरी साहायक निरीक्षक तुल बहादुर गुरुङको उपस्थिति रहेको थियो।
राहत बितरण कार्यक्रम गर्दा कास्की जील्लाको सम्बन्धित निकाय हरूबाट तथ्याङ सङकलन गरी सम्बन्धित गाउपालिका का गाउपालिका का प्रमुख उप प्रमुख र सुचनाअधिकारी तथा स्थानीय जनप्रतीनिधी हरू संग फ़ोन सम्पर्क गरी सत्य तथ्य बुझी प्राप्त तथ्याङको आधारमा बाढी पहिरोबाट भएको मानबीय क्षति र बिस्थापित भएका परिवार हरूको आर्थिक अबस्था र आम्दानीको स्रोतको आधारमा प्राथमिकता छुट्टाएर बास्तबिक पिडीतहरूलाई राहत सहयोग बितरण गरिएको छ।

कास्की परिवार दक्षिण कोरिया ले ,अभियान बाट जम्मा सङकलन ४९,२२,५५५ वोन गरेकोमा राहत बितरण कार्यमा ३०८५७८३ वोन बाडी पहिरो पिडीत सहयोगार्थ नेपाल पठाएपछी आपतकालिन कोषमा १८३६७७२वोन बाक़ी रहेकोमा दुबै मृगौला फेल भएकी याम कुमारी थापा लाई आपतकालिन कोषबाट १००००० वोन र कार्य समिती बाट आन्तरिक सहयोग गरी जम्मा २००००० वोन सहयोग गरिएको थियो।त्यसैले समितीको आपतकालिन कोषमा १७३६७७२ वोन रहेको कुरा समितीका कोषाध्यक्ष तथा सह कोषाध्यक्ष क्रमश : नन्दजंग गुरूङ र एसपी अधिकारी ले जानाकारी दिए।बाढी पहिरोबाट भएको मानबीय ,भौतीक क्षती तथा बिस्थापित परिवार हरूलाई राहत बितरण कार्यमा संयोजन गर्नुहुने कास्की आदर्श समाज अन्तराष्ट्रीय समन्वय परिषद नेपाल , का नेपाल च्याप्टर संयोजक शोभाकर भण्डारी ज्यु लगायत सम्पुर्ण पदाधिकारी साथै केन्द्रीय पदाधिकारी ज्युहरू ,समन्वय गर्नुहुने कास्की परिवार दक्षिण कोरिया का निबर्तमान अध्यक्ष सुरज गुरूङ ज्यु ,कार्यसमिति सदस्य राम ब क्षत्री ज्यु तथा सल्लाहकार तथा उपस्थित व्यक्तीत्वहरू साथै बितरण कार्यक्रम मा प्रमुख अतिथी को रूपमा भुमिका निर्बाह गर्नुहुने जन निर्बाचित जनप्रतिनिधीहरू प्रदेश सभा सदस्य माननीय रामजी बराल ज्यु,माननीय राजीब पहारी,गण्डकी प्रदेश अर्थ तथा बिकास सभापति दिपक कोईराला ज्यु ,पोखरा महानगरपालिका उप मेयर मन्जु गुरूङ ज्यु तथा गाउपालिका का प्रमुख तथा उप प्रमुख ज्यु तथा अन्य जनप्रतिनिधी साथै सुचना उपलब्ध गराउने सम्बन्धीत कार्यालयका सुचना अधिकारी ज्युहरू पत्रकार तथा सुरक्षाकर्मी हरूमा हार्दिक धन्यवाद व्यक्त गर्दै , यस पुन्य अभियानमा जोडीएर सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी दाताहरूलाई पुन :बिशेष धन्यबाद व्यक्त गर्दछौ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय