Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

ठेगाना पहिचान नहुँदा कोरियामा वेवारिसे बन्यो जसबहादुरको शव

शिव भुसाल
कोरियाको देजङ स्थित चुङनाम नेस्नल युनिभर्सिटीमा नेपाली नाम गरेका एक व्यक्तिको शव वेवारिसे बनेको छ । जस बहादुर पुन नाम भएका उक्त व्यक्तिको परिवार र स्थाई ठेगाना पहिचान हुन नसक्दा शव वेवारिसे बनेको हो ।
क्यान्सर पिडित रहेका पुनको गत अगष्ट १५ मा मृत्यु भएपनि हाल सम्म ठेगाना पहिचान हुन नसक्दा शव अस्पतालमै वेवारिसे बनेको छ । शव पुनकै निवासमा फेला परेपनि राहदानी लगायत कुनैपनि कागजात प्राप्त नहुँदा उनी नेपाली नै भएको वा नेपाली मुलका अन्य देशका नागरिक भएको भन्ने विषयमा यकिन हुन नसकेको कोरियन प्रहरीलाई उद्धृत गर्दै नेपाली दूतावास सिओलले जनाएको छ ।
प्रहरीले मृतकको औँठा छापका आधारमा उनी जसबहादुर पुन नाम गरेका नेपाली भएको बताउँदै सम्बन्धित अध्यागमनसँग समन्वय गरेर शवको व्यवस्थापन गर्न नेपाली दूतावाससँग आग्रह गरेको छ । तर अध्यागमन विभागले भने दूतावाससँग समन्वय गर्न आनाकानी गर्दा पहिचान गर्न ढिलाई भएको नेपाली दूतावास सिओलका उपनियोग प्रमुख रामसिंह थापाले बताए ।
थापाले भने, ‘हामीले देजङ स्थित अध्यागमन विभागलाई मृतकका विषयमा विवरण उपलब्ध गराउन अनुरोध गर्दै पत्राचार गरेपनि अध्यागमनले प्रहरीसँग नै समन्वय गर्न भन्यो । अब भोलि सम्ममा फेरी प्रहरीसँग बुझ्छौँ त्यसपछि थाहा होला । ’
दूतावासले शवको पहिचानमा सहयोग गर्न गैर आवासीय नेपाली संघ दक्षिण कोरियासँग आग्रह गरेको र संघले पनि प्रयास गरिरहेको बताएको थापाले बताए । खबर पेपरबाट साभार गरिएको

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय