Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा सामाजिक दुरीको मापदण्डमा कडाई गर्दै सरकार १ हप्ता पछि सटडाउन अथवा लकडाउन हुन सक्ने

मिन बि क
सउल दक्षिण कोरिया ,
विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ (कोरोना ) को काराण दक्षिण कोरियामा यतिबेला देशभरी दोश्रो चरणको सामाजिक दुरीको मापदण्ड लागु गरेर बिभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ।

सराकराले लागु गरेको दोश्रो चरणको सामाजिक दुरी कायम गर्ने मापदण्डले पनि यदि कोरोना संक्रमण दरमा कमि आउन सकेन भने सामाजिक दुरी पालना गर्नुपर्ने मापदण्ड थप कडाई गर्ने तयारी सरकारले गरिरहेको दक्षिण कोरियाली संचार माद्यमले समाचार लेखेका छन् ।

कोरोना नियन्त्रणको लागी सकेसम्म छोटो अबधिमै नियन्त्रण गर्ने गरी सबैभन्दा प्रभावकारी नीति निर्माणको लागी दक्षिण कोरियाली विज्ञहरु लागी परिरहेको सरकारले जनाएको छ ।

दक्षिण कोरियाली विज्ञहरुको अनुसार गत १९ तारीकदेखी लागु भएको दोश्रो चरणको सामाजिक दुरी मापदण्ड हाल राजधानी लगायत नगरपालीका ठुला सहरहरुमा लागु गरिएको छ। यो नियमले १ हप्तासम्ममा कोरोना प्रसारको गतिलाई आंकलन गर्न सकिने र यदि पसारको गतीमा कमि आउन सकेन भने तेस्रो चरणको सामाजिक दुरीलाई कडाईका साथ् लागु गर्नुपर्ने स्थिति हुन सक्ने जनाउदै कोरियाली संचार माध्यमले जनाएका छन् ।

यदि तेस्रो चरण लागु भयो भने सरकारले सार्वजनिक क्षेत्रहरू जस्तै सरकारी विभागहरू र सार्वजनिक संस्थानहरू ५० % काम घरबाटै गर्न गर्ने र निजी कम्पनीहरूलाई सिफारिस गर्ने योजनामा ​​विचार गरिरहेको छ।

यदि तेस्रो चरणको सामाजिक दुरी मापदण्ड लागु भएको खण्डमा कोरियामा देशब्यापी रुपमा निषेधाज्ञा लागु हुनेछ भने कुनै पनि व्यक्तिहरु घरबाट बाहिर निस्कन पाइने छैन । देशव्यापी रुपमा छोटो समयको लागी सट डाउन अथवा लकडाउन गर्नुपर्ने स्थिति पनि उत्पन्न हुन सक्ने भनिएको छ।स्रोत न्युसीस

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय