Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा रहेका नेपालीलाई डा.जोशिको सुझाव, दोस्रो चरणको कोरोना संक्रमणबाट जोगिन चनाखो बनौँ

ख्यङजु –
कोरियामा अबका २ हप्ता अत्यन्तै संकटपुर्ण देखिएको छ । यहाँ एक चरणको कोरोना महामारी लगभग सक्किएकै अवस्थामा थियो । पहिलो चरणको कोरोना महामारीलाई यहाँको सरकारले नियन्त्रण गर्न सफल भएको थियो । त्यस लगत्तै लगातारको वर्षाका कारण आएको बाढिले पनि धेरैको ज्यान लियो ।
अब भने कोरियामा कोरोना नियन्त्रणमा आईसकेको र अब भ्याक्सिन नआउँदा सम्म कोरियाले कोरोनाका कारण त्यस्तो समस्या झेल्नु नपर्ने विश्वास धेरैको थियो ।
तर राजधानी सिओलमा रहेको एक परम्परागत सोँच भएका फरक प्रवृत्तिका चर्च सञ्चालकको अटेरीका कारण दोस्रो चरणको कोरोना महामारी फैलिने त्रास बढेको छ ।
चर्चसँग सम्बन्धीत हजारौँ मानिसहरु सिओलमा शनिवार भएको सरकार विरोधी र्यालीमा सहभागी थिए । उनिहरु राजधानीबाट मात्र प्रतिनिधित्व गर्दैनन, उनिहरु देशका हरेका सहर देखि गाउँगाउँबाट सहभागी भएका छन् ।
जस्तो की ख्यङजु क्षेत्रबाट १ सय जना भन्दा बढी सहभागि भएको अनुमान सरकारको छ ।
त्यसकारण उक्त र्यालीमा कुन ठाउँबाट को सहभागी थियो भन्ने नै यकिन नभईरहेको अवस्थामा अबको अवस्था जटिल हुने देखिन्छ । त्यसैले कोरियामा रहेका नेपालीहरु दाजुभाई— दिदीबहिनीहरुलाई मेरो विनम्र अनुरोध छ अबका कम्तिमा २ हप्ता अत्यन्तै सुरक्षा अपनाउनुस । कोरोना संक्रमितको रुट नै पहिचान नभएको अवस्थामा तपाईँको नजिकै पनि संक्रमित रहेको हुन सक्ने भएकाले अत्यन्तै सुरक्षा अपनाउनुहुन अनुरोध छ ।
सुरक्षाका सम्पुर्ण उपायहरु अपनाउनुस ।

डा जोशी ख्यङजु बृद्धबृद्धा अस्पतालका प्रमुख हुन् । खबर पेपरबाट साभार

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय