Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

दक्षिण कोरियामा अगस्ट २४ तारिखदेखी विदेशीहरुको लागी नयाँ नियम लागु हुँदै !

गुरुदत्त न्यौपाने ,

दक्षिण कोरिया सरकारले अगस्ट २४ तारिखदेखी नयाँ नियम लागु गर्ने भएको छ।

आउदो सोमबार देखी विदेशमा कोरोना सङ्क्रमण बोकेर कोरियामा पुस्टी हुनेहरु तथा क्वारेन्टाईन,सेल्फ आईसोलेसन जस्ता सरकारले लागु गरेका नियम उल्लङ्घन गर्ने विदेशी नागरिकलाई उपचारको खर्च बेहोर्नुपर्ने नियम लागु हुने भएको छ।

देशको आर्थिक भारलाई कम गर्नको लागी विदेशबाट सङ्क्रमण लिएर आउने तथा क्वारेन्टाईन नियम उल्लङ्घन गर्ने विदेशी नागरिकलाई स्वास्थ्य अधिकारीहरुले मेडिकल सेवा वापतको रकम भुक्तान गराउन सक्ने व्यवस्था लागु हुन लागेको हो।

Trip

अगस्ट २४ तारिख सोमबार देखी कोरिया आउने कोरोना सङ्क्रमित विदेशी नागरिक लाई सम्बन्धित देशको कोरिया संगको कुटनैतिक सम्बन्धको आधारमा फरक फरक रकम तिराउन सक्ने नियम लागु गर्ने बताएका छन।

हालसम्म दक्षिण कोरियाले विदेशी तथा अबैधानिक सहित सबै कोरोना सङ्क्रमितको उपचार खर्च निशुल्क गरेको थियो।लामो समयको कोरोना महामारीले देशको अर्थतन्त्र धरासायी भईरहेकोले करदाताहरुलाई यसले भारी बोझ पार्ने भएकोले यस्तो नियम लागु गर्न लागेको एक अधिकारीले बताए।

उल्लेखित नियम लागु भएपश्चात कोरियामा बैधानिक स्वास्थ्य विमा तिरेर बस्ने विदेशीलाई बाहेक अन्य सबैलाई कोरोना सङ्क्रमण पुस्टी भएमा उपचार खर्च लाग्ने भएको छ।

दक्षिण कोरियामा नियन्त्रण उन्मुख रहेको महामारी पुन यहाँका चर्चहरुमा सामुहिक सङ्क्रमण देखिएसंगै कोरियाले सामाजिक दुरी लगायत अन्य शतर्कता लाई कडाई गरेको छ।कोरियामा आजमात्रै १९७ जनामा कोरोना संक्रमण फेला परेको छ। ति मध्ये १८८ जना स्थानिय संक्रमित रहेको कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रले जनाएको छ । सरकारले सामाजिक दुरी कायम गर्न गरेको अनुरोधलाई बेवास्ता गर्दै चर्चमा बढाइएका गतिविधिका कारण संक्रमण फैलिएको समाचारमा बताइएको छ ।

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय