Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा ९ वर्ष पछिकै ठुलो मुसलधारे बर्षा , मर्ने र बेपत्ता हुनेको संख्या ५० पुग्यो

मिन बि क
दक्षिण कोरियामा बिगत ९ वर्ष पछिकै ठुलो मुसलधारे बर्षा भएको छ। देशभरी  ४० दिन यताबाट लगातार झरी पर्दा देशका विभिन्न क्षेत्रमा गरी ३८ जनाले ज्यान गुमाएका छन् भने १२ जना बेपत्ता भएका छन।

सेन्ट्रल डिजास्टर एण्ड सेफ्टी काउन्टरमेजर हेडक्वार्टरका अनुसार २४ जुनबाट मध्यम वर्षाको शुरूवात् भएको तर आजको दिनसम्म पनि बर्षा रोकिएको छैन। लगातारको मुसलधारे वर्षाको कारण अगष्ट ९ गतेसम्म मर्नेको संख्या ३८ रहेको र हराएका १२ जना रहेको जनाएको छ।

गत महिना १३ तारिक ख्याङ्ग नाम ह्याङ्गआम मा खाडलमा काम गरिरहेका २ जना डुबेर , २३ गतेदेखि २५ गतेसम्म बुसानमा भूमिगत सडक बाढीले गर्दा ३ जना किम्पोमा ५ जना ,थेजनमा भूमिगत सडकमा यात्रा गरिरहेका १ जना को बाढीले यान गएको छ।

यस अगाडी बाढी र बर्षाको कारण मृत्यु हुनेमा २०११ मा ७७ जनाको रेकर्ड पछि २०१२ मा २ जना २०१३ मा शुन्य २०१४ मा २ जना २०१५ मा शुन्य २०१६ मा १ जना 2017 मा ७ जना २०१८ मा २ जना २०१९ मा १ जनाको मृत्यु भएको तथ्याङ्क रहेको छ।

स्रोतका अनुसार लगातार भारी बर्षाका कारण देशभरको जमिन कमजोर हुनुको साथै तटबन्धहरु भत्किदा यसरी ठुलो मानविय क्षती व्यहोर्नुपरेको जनाएक छ।

यस बर्षको बर्षाले २०१३ मा भएको सबैभन्दा लामो झरी ४९ दिनको रेकर्ड लाइ तोड्ने अनुमान गरिएको छ। आँधी तूफान र बाढीबाट हुने क्षति बढ्न सक्ने चिन्ताहरू पनि छन्। स्मरण रहोस यो बर्ष आजसम्म झरी परेको ४० दिन भएको छ।

मौसम प्रशासनका अनुसार बिहान 3 बजेदेखि ओकिनावाको ६०० किमि दक्षिणी समुन्द्रबाट शुरु भएको बर्षाले आज १० तारिक ख्यंगनाम समुन्द्र हुँदै प्रबेश गर्ने अनुमान गरिएको छ यसलाई यो बर्षको पहिलो आधीको रुपमा लीइएको छ। जसले यस वर्ष कोरियालाई सोझै असर गर्दछ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय