Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा शरणार्थी भिषा बनाउन नक्कली कागजात बनाई ठगी गर्ने दुई दलाल पक्राउ !

गुरुदत्त न्यौपाने                                             दक्षिण कोरियामा शरणार्थीको रुपमा बसोबास गर्न पाउने भिषा ( G1 ) बनाउनको लागी नक्कली कागजात बनाउने २ दलाल पक्राउ परेका छन।उनलाई ९१ जना संग बाट शरणार्थी भिषा बनाईदिए बापत प्रतिव्यक्ति १३ लाख कोरियन वोन देखी ४० लाख कोरियन वोन सम्म लिने तयारीका साथ नक्कली कागजात पेश गरेको कारण पक्राउ गरिएको थियो।

२७ बर्षिय भियतनामी महिला ले ९१ जना भियतनामी नागरिकलाई शरणार्थी भिषा बनाईदिने भन्दै गलत जानाकारी सहितको आवेदन दर्ता गराएको अभियोगमा पक्राउ गरिएको बुसान ईमिग्रेशन कार्यालयको अनुसन्धान ब्युरोले बताएको छ।बिभिन्न देशका करिव १४६ जना विदेशी नागरिकलाई शरणार्थी भिषा बनाईदिने भन्दै नक्कली कागजात पेश गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन।ईमिग्रेशन अफिसको अनुसन्धान व्युरोका अनुसार ति दुई ब्याक्तीहरुले ति व्याक्तिहरु आफ्नो देशमा धार्मिक तथा जातिय भेदभावमा परेको,लैङ्गिक हिँ’सा द्वन्द तथा अन्य कारणले स्वदेशमा बस्न नसकिने अवश्था भोग्नुपरेको झुटा विवरण भरेर शरणार्थी भिषा आवेदन दिएको खुलासा भएको जानकारी गराएको छ।

ईमिग्रेशन अफिसका अनुसार ५५ जनालाई डिपोर्ट गरिएको र बाँकीको खोजीकार्य भएको जनाएको छ।अर्का २४ बर्षिय रसियन यूवक ले ५५ जना विदेशी नागरिक जसमा अधिकाँश रसियन नागरिकलाई गैरकानुनी रुपमा शरणार्थी भिषा लगायत अन्य शेवा प्रदान गर्ने भन्दै प्रतिव्याक्ती १२ लाख कोरियन वोन लिएको आरोपमा पक्राउ परेका छन।अध्यागमन कार्यालयले यो मामलामा यस्ता घटनाहरु देखिन थालेसंगै शरणार्थी भिषा कडाई गर्ने जनाएको छ।

कार्यालयले वास्तविक शरण लिनैपर्ने मानिसको कडा स्कृनिङ गरी उक्त भिषा प्रदान गर्न सकिने बताएको छ।सामान्यतया यो भिषा प्रकृया पुरा गर्न तिन बर्ष लाग्ने भन्दै ति दलालहरुले उनीहरुलाई उक्त अबधीभर काम गर्न सकिने भन्दै आश्वासन दिएको बुझिएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय