Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियाले बनायो विश्वकै पहिलो हाइड्रोजन ईन्धन पावर प्लान्ट

दक्षिण कोरियाले विश्वमै पहिलो पटक हाइड्रोजन इन्धन पावर प्लान्टको निर्माण सम्पन्न गरेको बताएको छ ।

पेट्रो केमिकलबाट खेर गइरहेको हाईड्रोजनलाई इन्धनमा परिमार्जन गरि विद्युत उत्पादनमा प्रयोगमा ल्याउन सकिने प्लान्ट निर्माता हान्वा इनर्जीले बताएको छ ।

छुङछङ प्रान्तको देशान ट्रोकेमिकल कम्प्लेक्समा उक्त प्लान्टको निर्माण गरिएको छ | करिव २१२.४ मिलियन डलर खर्चेर निर्माण गरिएको उक्त प्लान्ट २००० बर्ग मिटर क्षेत्रफलमा फैलिएको छ ।

7 कम्पनिका अनुसार उक्त प्लान्टले ४ लाख मेगावाट प्रतिघण्टाका दरले विद्युत उत्पादन गर्नेछ जुन १ लाख ६० हजार घरधुरीले प्रयोग गर्न सक्ने छन् । प्रधानमन्त्री चुङ सेई क्युनको प्रमुख आतिथ्यतामा उक्त प्लान्टको उद्घाटन गरिएको छ ।

प्लान्टका अधिकारीका अनुसार हाल विश्वमा ४० प्रतिशत हाइड्रोजन सेलहरु कोरियाले उत्पादन गर्दै आएको छ । सन् २०४० सम्ममा १५ गिगावाट्स हाइड्रोजन उत्पादन गर्ने लक्ष लिएको छ ।

वायुमण्डलमा खेर गइरहेको हाइड्रोजन मध्ये ५० प्रतिशत प्रयोग गरिने तथा बाँकी रासायनिक प्रतिकृयाद्वारा परिपुर्ति गरि इन्धन उत्पादन गरिने । प्लान्ट उत्पादकले जनाएका छन् ।

अब यो प्लान्टले स्वदेशी आर्थिक स्तरोन्नतिमा थप टेवा पुग्ने कम्पनिले विश्वास समेत लिएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय