Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरिया सरकारले काम गर्ने अनुमति सहित बिदेशी कामदारको बसाइ अझै लम्ब्याउने

किसन गौतम

दक्षिण कोरियाले यहाँ रहेका बिदेशी कामदारको भिसा अझै लम्ब्याउने तयारि गरेको छ l विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९का कारण कतिपय देशका नागरिक स्वदेश फर्किने अबस्था नरहेको अबस्थामा सरकारकले सो नीति ल्याउने भएको हो l

प्रधानमन्त्री चुङ् से -क्यूनले बुधाबार एक कार्यक्रममा बोल्दै सम्बन्धित देशमा प्रवेश अनुमति नभएका विदशी कामदारको लागी सरकारले अस्थाई बसोवासको लागी थप अनुमति दिने तयारि गरेको बताए l

” भिसा थप गरिएका कामदारले अस्थाई कामदारको रुपमा काम गर्ने अनुमति पनि पाउने छन् lउनीहरुलाई बिसेष गरि कृषि फारम तिर कामको लागी प्रोत्साहन गरिने छ l ” उनले भने

यसरि सरकारले थप बसाइ अनुमति दिने भएपछी तत्काल स्वदेश फर्किने अबस्था नरहेका हजारौ बिदेशी कामदार लाभान्वित हुने अनुमान गरिएको छ l

हाल दक्षिण कोरियामा साना तथा मझौला कम्पनि तथा कृषि फारम तिर बिदेशी कामदारको रहदै आएको छ l कोरोना भाइरसको माहामारीका कारण यो बर्ष कोरियामा नगण्य रुपमा विदशी कामदार भित्रिएका छन् l

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय