Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

टिकटक एप बन्द गर्दै दक्षिण कोरिया

 

ब्याक्तिगत डेटालाइ दुरुपयोग गरेको आरोपमा दक्षिण कोरियाले सामाजिक संजाल  टिकटोक माथि १ सय ८६ मिलियन वन अर्थात १ लाख ५५ हजार अमेरिकी डलर  जरिवाना लगाउने भएको छ l

कोरिया कम्युनिकेसन कमिशन (केसीसी) का अनुसार सामाजिक संजाल  टिकटोकले अभिभावकको सहमतिबिना १४ बर्ष भन्दा मुनिका  बच्चाहरुको डेटा संकलन गरेर   स्थानीय दूरसञ्चार कानूनको उल्लंघन  गरेको छ l साथै  प्रयोगकर्ताहरूलाई व्यक्तिगत डेटाको विदेशमा स्थानान्तरणको बारेमा समेत  राम्रोसँग सूचीत नगरेको आरोप छ टिकटकले अबैध रुपमा  १४ बर्ष भन्दा मुनिका स्थानीय प्रयोगकर्ताहरुको  ६ हजार डेटा कलेक्सन गरेर अनुमति बिना यसको सर्भरलाइ अमेरिका तथा सिंगापुर सारेको आरोप केसिसिले लगाएको छ l यसरि सर्भर स्थान्तरण गर्दा प्रयोगकर्तालाई  कुनैपनि पुर्व सूचना दिइएको छैन l

 

गतबर्ष अक्टोबरमा  जानाकारिबिनै बच्चाबच्चीको डेटा कलेक्सन गरेको आरोपमा संयुक्त राज्य अमेरिकाले टिकटोक माथि ५.७ मिलियन डलर जरिवाना लगाएको थियो l हाल भारतले समेत यो एप बन्द गरेको छ l

 

दक्षिण कोरियामा कोशोर किशोरि बीच लोकप्रिय बनेको टिकटोकाका प्रयोगकर्ता  डिसेम्बरको अन्तिम सम्म  ३.४ मिलियन रहेको छ l सन २०१७ देशी शुरु भएको यो संजाल  कोरियामा धेरैजसो  के-पप समूहहरू र कलाकारहरूले प्रयोग गरिरहेका छन् ।

 

बिना सुचना ब्याक्तिगत डेटाहरु बाहिरिन थालेको बारेमा आबस्यक छानबिन भैरहेको र  इन्डिया पछी दक्षिण कोरियाले  पनि सामाजिक संजाल टिकटोक बन्द गर्ने तयारि गरेको कोरिया कम्युनिकेसन कमिशन (केसीसी)ले जनाएको छ l

 

उद्योग ट्रयाकर सेन्सर टावरका अनुसार गएको ३ महिनामा विश्वभर २ बिलियन पटक टिकटक डाउनलोड गरिएको छ lयोन्हाप न्युज बाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय