Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

चार्टर्ड विमानको भाडा किन बढी उठाएको भन्दै दुतावासले एन आर एन ए कोरियासंग माग्यो स्पष्टिकरण

दक्षिण कोरियामा अलपत्र परेका नेपाली हरुलाई उद्दारको लागी सरकार तथा कोरियास्थित नेपाली दुतावाससंग भएको सम्झौता बिपरित भाडा बढी उठाएको पाईएपछि  दुतावासले चार्टर्ड बिमान ब्यबस्थापन गरेको एन आर एन ए कोरियालाई सार्वजनिक रुपमै किन यसो गरियो भनेर स्पष्टिकरण मागेको छ।

दुतावाससंग भएको सम्झौता अनुसार प्रतिव्यक्ति ६०० डलर र ब्यबस्थापन शुल्क ५ प्रतिशत लिनुपर्नेमा बिगतमा पनि सम्झौता गरिएको भन्दा ६१ डलर बढि भाडा लीएको र अहिले १० तारिक नेपाल फर्किने यात्रुहरुसंग पनि ६१ डलर बढी भाडा उठाईएको छ। यो सम्झौता अनुरुप भएन किन यसरी बढि भाडा उठाईयो स्पष्ट पार्न एन आर एन ए लाई सुचना जारी गर्दै भनिएको छ।
दुतावासले तोकेको भाडादर

दुतावासले जारी गरेको सुचना

यो पनि पढ्नुहोस

चार्टर्ड बिमान सस्तोमा उडाउने जिन एअरलाई अनुमति दीईएन

यसभन्दा पहिला कोरियाका लागि नेपाल बायुसेवानिगमले चार्टर्ड उडान गर्ने भन्दा केही खुशीको बहार ल्याएको थियो तर नेपाल सरकारको कमजोर कुटनितिले गर्दा कोरियामा ल्याण्डिङ्ग अनुमती प्राप्त गर्न सकेन l यहि बिचमा कोरियन एयरले २ पटक चार्टर्ड उडान गरेको थियो । कोरियमा रहेका ट्राभल कम्पनिको सहकार्यमा कोरियाली विमान कम्पनी जिन एअरले नेपाल चार्टर्ड गर्ने प्रस्ताव बमोजिम ३० तारिखको लागी इन्छन काठमाडांै – इन्छन दुतार्फी उडानको मिति तय भएको थियो । उक्त एयरलाइन्सले कोरियन एयरको तुलनामा सुलभ मुल्यमा उडान गर्ने प्रस्ताव ल्याएको थियो l

कोरियन एयले १२५० डलरमा उडाएको काठमाडौ इन्छन गन्तव्यमा जिन एअरले ७५० डलरमा सेवा दिने प्रस्ताव गरेको छ । यसबाट प्रत्यक्ष रुप्मा यात्रुलाई ५०० डलर सस्तो पर्न जानेछ । दक्षिण कोरियाको जहाज कम्म्पनी जिन एयरले सुलभ भाडामा काठमाडौ उडान गर्ने प्रस्तावमा हाल पर्यटन मन्त्रालयमा छलफल चलेको छ….. । सोही रुटमा कोरियाकै अर्को कम्पनी कोरिएन एयरले एकतर्फि १२५०डलर चर्को भाडा उठाई २ वटा चार्टर्ड उडान गरिसकेको छ। जिन एयरको उडान भएमा प्रती यात्रु ५००डलर सस्तो पर्ने हुदा यो बिषयको चर्चा चुलिदै छ। कामको सिलसिलामा दक्षिण कोरिया पुगेका ठूलो संख्यामा नेपाली युवाहरु स्वदेश फर्कने तयारीमा छन् । लकडाउनका कारण नियमित उडान प्रभावित हुदा भिजा सकिएर नेपाल फर्कन नपाएका हुन् भने कोरिया कर्मथलो बनाई बिदामा हाल नेपालमा रहेका नेपालीहरु कर्मथलो फर्कन नपाउदा समेत ठूलो मर्कमा परेका छन् ।
दुईतर्फी उडान हुदा नेपालबाट कोरिया जानेलाई प्रतिब्यक्ती ५०० डलर सस्तो पर्ने छ , भने फर्कनेलाई कोरिएन एयर भन्दा ३७५ डलर सस्तो पर्ने छ। जिन एयर तोकेको उक्त भाडामा अतिरिक्त शुल्क नलाग्ने उडान व्यवस्थापन पक्षले जनाएको छ।
नेपालबाट कोरिया दुई वटा उडान भइसकेको छ। अब कोरिया फर्किने यात्रु करिब २५० देखि ३०० मात्र रहेको बुझिन्छ! यदि कोरियन एयरले मात्र उडान भर्ने एकलौटी अवसर पाएमा काठमाडौँबाट आउने यात्रु नहुँदा इन्छन काठमाडौँ को टिकट दर १२५० डलर नै लिने देखिन्छ। जिन एयरको प्रस्ताबमा एकतर्फी मात्र यात्रु सेवा दिदा ८२५ डलर मात्र भाडा तय गरेको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय