Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाले पाकिस्तान र बंगलादेश बाट आउने यात्रुहरुको भिषा रद्द गर्यो,नेपाल लाई समेत प्रतिबन्ध गर्न सक्ने आशङ्का !

अन्य मुलुकहरुबाट आयातित कोरोना भाईरस सङ्क्रमित बढेसंगै दक्षिण कोरिया सरकारले बंगलादेश र पाकिस्तान बाट आउने सबै आगन्तुकहरुको भिषा रद्द गरेको छ।कोरोना सङ्क्रमणको उच्च जोखिम लाई मध्यनजर गर्दै ति देशहरुबाट कोरिया आउने तयारीमा रहेका र नयाँ भिषाको पर्खाईमा हुने सबैको भिषा रद्द गरिएको कोरियाको न्याय मन्त्रालयलाई उद्दृध गर्दै कोरियाली संचार माध्यम द कोरिया हेराल्ड ले जनाएको छ।

बंगलादेश र पाकिस्तान बाट कोरिया आएका यात्रुहरुमा कोरोना सङ्क्रमण पुस्टी भएसंगै कोरिया सरकारले कोरोना सङ्क्रमण नियन्त्रण गर्न ति देशहरु लाई नयाँ भिषा नदिने निर्णय गरेको हो।कुटनैतिक तथा अत्यावश्यकिय व्यावसायिक चार्टर्ड उडान बाहेक ति दुई मुलुकबाट उडान अनुमती नदिने न्याय मन्त्रालयले निर्णय गरेको छ।दक्षिण कोरियाका स्वास्थ्य मन्त्री पार्क न्यङ हो ले आईतबार बताएअनुसार दुई दिनको अन्तरालमा ३१ जना आयातित सङक्रमित पुस्टी भएको मा १६ जना पाकिस्तानी नागरिक थिय भने ७ जना बंगलादेशी नागरिक रहेका छन।

“आयातित सङ्क्रमणको बृद्दीले यहाँ क्वारेन्टाईन र उपचार क्षमतामा भार पर्छ “मन्त्री पार्कले पत्रकारलाई भने ।”हामी कोरोना भाईरसको सङ्क्रमणको फैलावटलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न अन्य देशहरुको अवस्था र परिस्थितीलाई प्रत्यक्ष अवलोकन गर्नेछौँ ।” उनले थपेरोजगारीको लागी कोरिया आउने अन्य देशहरुका ई-९ भिषा बहाकहरुलाई नि कोरिया सरकारले कडाई गरेको छ।कोरिया प्रवेशको लागी १४ दिन सेल्फ क्वारेन्टाईन स्थल खोजेर एचआरडी मार्फत अनुमती गराई कोरिया प्रवेश गर्न सकिने ब्यबस्था रहेको छ।कोरियामा मापदण्ड अनुरुपको क्वारेन्टाईन स्थल नहुने विदेशी श्रमिकहरु कोरिया प्रवेश गर्न पाउने छैनन।

दक्षिण कोरियाली सरकारका अनुसार अप्रिल महिनामा कोरिया प्रवेश गर्नेको सङ्ख्या दैनिक १०००जना रहेकोमा अहिलेका दिनहरुमा बढेर दैनिक १३०० विदेशी नागरिकहरु कोरिया प्रवेश गर्ने गरेका छन।अन्य देशहरुमा कोरोना सङ्क्रमणको दरको अवस्था हेरेर न्याय मन्त्रालयले सङ्क्रमण उच्च हुने मुलुकहरुलाई भिषा नदिन सक्ने बताएसंगै नेपाल समेत प्रतिबन्धमा पर्ने आशङ्का गरिएको छ।नेपालमा दिनानुदिन सङ्क्रमण बढेसंगै कोरिया सरकारले आगामी दिनहरुमा चार्टर्ड उडान अनुमती समेत नदिन सक्ने खतरा बढेर गएको छ। कान्तिपुर प्रेसमा गुरुदत्त न्यौपानेले समाचार लेख्नुभएको छ

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय