Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

ख्वाङ्जुसीमा भएको गम्भीर दुर्घटना ,६ जना गम्भीर घाईते

 

पश्चिमी पुलिस स्टेशनका अनुसार २० तारिख बिहान : ४बजेर २३ मिनेटको समयमा सगु फोगामदिङ  सडकमा  १० यात्रु लिएर हिडेको भ्यानले  बिचको लाइन पार गरी एसयूभी कारलाई लाई ठक्कर दिएको थियो । भ्यानमा सवार चार ब्यक्ती र एसयुभी कारमा सवार २ सहित ६जना गम्भीर गाईते भएका थिए । बाकी सामान्य उपचारपछी घर फर्किएका थिए । यहाँ सवार सम्पुर्ण ब्यक्तिहरु कोरियन नागरिक रहेका थिए ।

उक्त यात्रुबाहक भ्यानका चालकको अनुमतीपत्र नभएको प्रहरीले जनाएको छ ।

ट्राफिक ऐन अन्तर्गत बिना लाइसेन्स ड्राइभिङ्ग गरेको आरोपमा लगायत  दुर्घटनाको वास्तविक कारण अनुसन्धान गरिरहेको छ ।  स्रोत :योन्हाप न्युज

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय