Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

उत्तर काेरियासँगकाे सम्बन्ध बिग्रिएकाे जिम्मेवारी लिदै मन्त्री किम याेनद्वारा राजिनामाकाे प्रस्ताव

दक्षिण कोरियाली एकीकरण मन्त्रीले उत्तर कोरियासँगको सम्बन्ध बिग्रिएको जिम्मेवारी लिँदै राजिनामाको प्रस्ताव गरेका छन् ।

एकीकरण मन्त्री किम योन–चुलले उत्तर कोरियासँग बिग्रँदो सम्बन्धको जिम्मेवारी लिएका हुन् ।

उत्तर कोरियाले दक्षिण कोरियासँगको सम्बन्ध सुधार्न सीमा क्षेत्रनजिक कैसङ्गस्थित अन्तर कोरिया सम्पर्क भवन ध्वस्त गरेको भोलिपल्ट मन्त्री चुलले राजिनामाको प्रस्ताव गरेका थिए ।

Trip

आफू विरुद्ध भडकाउ पर्चा छोडिएपछि उत्तर कोरियाले मङ्गलबार उक्त कदम चालेको थियो । उत्तर कोरियाली नेता किम जोङ् उनकी बहिनीले दक्षिण कोरियाका नेतालाई अमेरिकी नोकरको संज्ञा दिँदै सन् २०१८ को सम्झौता तोडेको आरोप लगायकि छिन् ।

दक्षिण कोरियाले भने आफू अझै वार्ताको लागि तत्पर र तयार रहेको जनाएको छ । एजेन्सी

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय