Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

अर्थमन्त्री ज्यु हुण्डी पनि बढाउनुहोस कर पनि बढाउनुहोस । हुण्डी के हो र यसले कस्लाई कती र कसरी फाईदा हुन्छ ?

               नेपाली साह्रै दुख्ख गरेर देश अनुसारको प्रतिस्पर्धा र रकम बुझाएर परिवारको माया घर समाज देश छोडेर सुन्दर भविश्यको कल्पना गर्दै एक जवान जवानी,बल,बुद्धी सँग पैसा साट्न बिदेशिन्छ। देश घर मायाबाट बिछोडिएर सुन्दर भविश्यको कल्पना गर्दै आएको यो लक्का जवानले रातदिन,घामपानी,गर्मीजाडो,सन्चोबिसन्चो,स्फुर्तीथकित सबै तिलान्जली दीएर मेसिनको द्रुत गतिसङै हरेक पल अरुको देशको लागि काम गरी रहेको हुन्छ । उस्को लक्ष्य मात्र धेरै कमाउने घरमा धेरै पैसा पठाउने हुन्छ, अरु कुर सोच्दैन र सोच्ने फुर्सद पनि हुँदैन ।
        यसैको फाईदा समाजमा रहेका टाठा दलालले उठाइ रहेका हुन्छन । अब सुरु हुन्छ हुण्डी खेल नेपालमा उच्च अहोदमा बसेकाले कनुनको आँखा छलेर अकुत सम्पत्ती कमाउने प्रयास सँगसगै नेपालकै ठुला ब्यापारी सँग संपर्क सम्बन्ध बडछ । ब्यापारीलाई बिदेश(चाईना,हन्कोङ अन्य देश)बाट नेपालमा नुन,सुन देखी अन्य आवश्यक समान किन्न बैदेशिक मुद्राको आवश्यक पर्दछ त्यस्कोलागी ब्यापारिले ३ देखी १० प्रतिशत बैदेशिक मुद्राको बैंक ग्यरेन्टी (L.C) बनाउछ बाँकी ९०-९७ प्रतिसत अपुग रकमको रकमको निरन्तर बेबस्ता गर्न आफ्नो सन्जाल बिदेशमा फैल्याउछन, बिदेश पनि त्यस्तो बिदेश जहाँ आफ्नो जीवनको उर्बर योवन र धेरै मिठा सपनाहरुलाई साटेर सुन्दर भविश्यको लागि पैसा कमाइरहेका हुन्छन।
           जस्लाई अरु सोच्ने मौका पनि हुँदैन तेस्को फाईदा उठाएर त्याहाबाट पैसा जम्मा गर्छन् जम्मा गरेको पैसा आफ्नो अपुग रकममा थपेर नुन देखी सुन सम्म नेपाल र बिदेशको ट्रेडिङ कारोबार गरी रहेका हुन्छन। नेपालमा उच्च अहोदामा बसेकाले गरेको भ्रस्ट्चारको रकम तिनै ब्यापारीलाई नेपालमा नेपाली पैसा बुझाएर बिदेशबाट बैंकिङ च्यानल मार्फत आफ्नो वा सम्बन्धित ब्यक्तिको नाममा रेमिटेन्स ल्याएर कालो धनलाई बैध बनाइन्छ। (राज्यले चाहनेहो भने यो पत्ता लगाउन सजिलै सक्दछ तर कस्ले गर्ने ।अब यसरी राज्यको बिभिन्न उच्च आहोदामा रहेको भ्रस्टाचार र ब्यपारिको सम्बन्ध नङ र मासुको जस्तो हुन्छ । त्यसैले प्रधानमन्त्री,मन्त्री,सचिव,गभर्नर,वकिल जस्लाई भन्नुस् भन्नेको अगाडि टाउकोमा हात राखेर हो है भन्छन मात्र हो है भन्छन धेरै गरेमा उपसचिव बोलाएर जिम्मा लगाउछन बिचरा उपसचिव ..
                     यसरि देश लुटी भ्रटाचारीको कालो धन सेतो हुन्छ । अब ब्यापारिले कसरी छोटो समयएमा अकुत सम्पत्ती कमाउन सफल हुन्छ । मन भरी पिडा बोकी रात दिन दुख्ख गरेका नागरिकलाई स्वदेशमा उचित शिक्षाबाट बन्चित बनाइ लठैत बनाइ आवश्यक परिन्जेल खेलाइन्छ उचित पाठ्यक्रमको बिकास गराइदैन अनी नागरिकले उचित अनुचित छुट्याउन सक्दैन र अर्थिक संकट टार्न बिदेश जाने बातावरण सिर्जना गराइन्छ अब बिदेशबाट फेरी उनीहरुले कमाएको रकम ब्यापारिको हात पारिन्छ  । अब ब्यापारिले नेपालमा जम्मा गरेको कालो धन बिदेशबाट रकम पठाउनेको घरमा पुर्याउने गर्छ र बिदेश्मा संकलन गरेको हुन्डि रकमबाट नुन देखी सुन किनेर नेपालमा भित्र्याइन्छ । यसरि ब्यापारिले समान नेपालमा भन्सारबाट भित्र्याउदा LC खोलेको रकमको मात्र राज्यलाई कर तिर्दछ तेसैमा मिसाएर सबै समान नेपालमा भन्सार कटाइन्छ । यसरि भन्सार पासा गरेको समानको समेत नेपाली जनताले किन्दा कर सहीत मुल्यको तिर्नु पर्दछ त्यसैले बिदेशबाट हुन्डिबाट पठाएर पैसा बचाउछु भन्नु ततो पानीको न्यानो मात्र हो ।
  यदी बिदेशमा काम गरेर कमाएको पैसा हुण्डी कारोबारीलाई नदिने हो भने नेपालमा उच्च अहोदामा रहेर हुने ठुला भ्रस्टाचार,ब्यापारिले गर्ने कर छली,नुन देखी सुनको तस्करी आँफै बन्द हुन सक्छ भन्ने कुरमा दुबिदा छैन। यो माथि जे लेखे यो सबै मेरो प्रत्यक्ष्य अनुभवमा सभार गरेको छु । हुण्डीलाई नेपाल सरकारले अपुश्ट तरिकाबाट सन्चालन गरेको हो भनेर भन्न सकिन्छ । अब देशमा भरस्टाचार हुन दिने नदिने भन्ने कुरा बिदेशमा दुख्ख गरेर कमाउने नेपालीकै निर्णयमा भर पर्दछ ।
प्रबिण पौडेल
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय