Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाले विदेशी परिचयपत्र (Alien Card) मा प्रयोग हुँदै आएको ‘Alien’ शब्द हटाउने !

दक्षिण कोरिया सरकारले विदेशी परिचयपत्र (Alien Card) मा प्रयोग हुँदै आएको ‘Alien’ शब्दलाई हटाउने भएको छ। यसको सट्टामा अरु उपयुक्त शब्द छनोट गरिने भएको छ।

न्याय मन्त्रालयको सल्लाहकार समितीले एलिएन शब्दले आम विदेशी नागरिकले अपमान तथा नकारात्मक अर्थ दिएको महशुस गरेकोले उक्त शब्द हटाउन मन्त्रालयलाई सुझाव दिएको हो।

विदेशी परिचय पत्र प्रयोगमा आएको ५४ बर्षपछी यसमा प्रयोग भएको एलिएन शब्द हटाउने निर्णय गरेको कोरियाली न्याय मन्त्रालयले जनाएको छ।समितीले एलिएन रजिस्ट्रेसन कार्डको ठाउँमा ‘विदेशी रास्ट्रिय कार्ड’ , ‘विदेशी आवास कार्ड’ अथवा ‘आवास कार्ड’ मध्य एउटा छनोट गरी परिवर्तन गर्न सुझाएको छ।

मन्त्रालयले नयाँ कार्डका लागी सुझाव समितिले प्रस्ताव गरेको एउटा नाम छनोट गरेर कार्डको डिजाईन परिवर्तन गर्ने बताईएको छ।

“हामी आशा गर्दछौं कि विदेशी नागरिकहरूले नयाँ डिजाईन हुने कार्डमा आफुलाई बढी प्रतिनिधित्व भएको महसुस गर्नेछन्,” एक मन्त्रालयका अधिकारीले भने। “हामी धेरै व्यक्तिहरूको कुरा सुनेर नयाँ नीतिहरूमा उनीहरूको आवाज प्रतिबिम्बित गर्ने प्रयास गर्नेछौँ।उनले थपे ।

गुरुदत्त न्यौपाने कान्तिपुर प्रेस

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय