Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

अन्तत: ट्राभल कम्पनीले आज ५५ जना नेपालीलाई कोरिया उडायो,NRNA कोरियाले चार्टर्ड फ्लाईट गर्ने भन्दै दुई महिना कुराएर उडाउन सकेको थिएन।

सौल दक्षिण कोरिया ,

लामो समयदेखी कोरिया बाट नेपाल बिदामा गएर फर्किन नपाएकाहरुलाई आज आजएबल नेपाल टा्भल्स मार्फत कोरियन एयरमा पठाउन सफल भएको छ ।यो फ्लाइट कोरियन सरकारले आफ्नो देशको नगारिक नेपालमा फसेकालाई लिन गरेको फ्लाइट हो ।प्लेनमा रहेको खाली सिटमा नेपालमा फसेका नेपाली नागरिकलाई पनी लैजाने चासो कोरियन सरकारले गरेसंगै आज ५५ जना नेपाली सहित २३५ जना नागरिक लिएर त्रिभुवन बिमानस्थल बाट कोरियन एयर उडेको हो।


त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अपराह्न कोरियन एयरको एयरबस ए ३२० चार्टर्ड जहाज यात्रु लिएर सिओल उडेको विमानस्थलले जनाएको छ ।
लकडाउनका कारण नेपालमा फसेका कोरियन नागरिकलाई कोरिया फर्काउन गरिएको चार्टर्ड बिमानमा बिदामा नेपाल गएका नेपालीहरु समेत आजको फ्लाईटमा कोरिया आएको सम्बद्द श्रोतले बताएको छ।

तर एन आर एन ए कोरियाले बिदामा गएका नेपालीहरुलाई कोरिया लिएर आउनको लागी चार्टर्ड फ्लाइट गर्ने भन्दै दुई महिनासम्म कुराएपनि कोरियासंग ल्याण्डीङ्ग अनुमति नै नलिएको कारण देखाई नेपाल स्थित एच आर डी कार्यालयले स्वीकृति दिएन। जहाजको प्लेन टिकट को मूल्य समेत तोकेर , पैसा संकलन गरेर ,पटक पटक फ्लाईटको मिति तोकेर सार्दा सार्दा अन्त्यमा उडान अनुमति नै नलिएको, फ्लाईट गर्ने मिति -समय स्पष्ट नभएको, कोरियाली सरकारले लागु गरेको क्वारेण्टाइनको मापदण्ड नपुगेको कारणले उडान गर्न नसक्ने ठहर गर्दै स्वीकृति दिएन।

आउदो जुन १६ गते दोस्रो फ्लाईट चार्टर्ड हुने पक्कापक्की भएसंगै नेपाली दुतावास सउलले नेपालमा फसेकाहरुको नामावली संकलन गरेको जनाएको छ।

नामावली टिपाउनको लागी तलको लिङ्क क्लिक गर्नुहोस।

https://docs.google.com/forms/d/e/1FAIpQLSdZPPfSR8fixx4dkmoOikXPPlWE4KpOoVDFUEesROwp8m-DRQ/viewform

साथै नेपाल सम्पर्क का लागी तल दिईएको सम्पर्क नम्बरमा सम्पर्क गरी आवश्यक कागजात र प्रकृयाको लागी बुझ्न सकिने स्रोतले बताएको छ।
सम्पर्क नम्बर ०१४४२२७७७ / ०१४४२२७७७ एबल नेपाल ट्राभलस
काठमाडौ

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय