Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा फेरि एक नेपालीको हृदयघातका कारण निधन

कोरियामा फेरी एक नेपालीको दुःखद निधनको खवर प्राप्त भएको छ । एक दशक देखी कोरियामा कार्यरत रहदै आएका रुकुम जिल्लाका सिन्जालि थरका एक नेपालीको हृदय घातका कारण मृत्यु भएको जनाइएको छ ।

३९ वर्षिय सिन्जालि छुङ्छङ्नाम्दो छनान आसान एरियामा बिगत १० बर्ष देखि कार्यरत थिए । उनको आइतवार राती २ बजे  मृत्यु भएको एनआरएन सचिव मनोज गौतमले जानकारी गराउनुभएको छ । उनको पार्थिव शरीरलाइ हाल नजिकैको अस्पतालमा राखिएको छ l

घटना बारे सियोल स्थित नेपाली दुतावासमा सम्पर्क गर्दा अनौपच्रिक जानकारी मात्र प्राप्त भएको बताउनु भयो l

कोरियामा केहिदीन यता नेपालीको मृत्यु शृंखलाबद्व रुपमा  भैरहेको छ l ४ दीन  अगी मात्र रेस्टुरेन्ट ब्याबसायी  पोखराकी सबी  भण्डारीको हृदयघातका कारण मृत्यु भएको थियो भने गत सोमबार धादिंगका मैती तामांगको दुर्घटनाका कारण मृत्यु भएको थियो l त्यस्तै २ साता अघि स्याङ्गजाका खड्ग बहादुर थापाको सुतेकै अबस्थामा मृत्यु भएको थियो l

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय