जाजरकोटका नवराज विक र रुकुम पश्चिमकी शुष्मा मल्ल विचको प्रेम सम्वन्ध र
यसले निम्त्याएको बर्बतापुर्ण हत्याको घटनाले नेपाली समाजलाइ विश्वसामु शिर
झुकाउने बनाएको छ । विश्वको शिखर सगरमाथाको देश भनेर चिनिएको नेपाल
आज फेरि अर्का परिचयबाट चिनिदै छ । मानवता हराएको देश । एक मानवले
अर्को मानवलाइ मानविय अस्थित्व स्वीकार नगरेको देश ।
रुकुम पश्चिममा गएको यो नरसंहार घटना नवराज वि.क लगााएत पाँच जनाको
लाश भेटिएको र एक जना हराइरहेको अवस्था छ । लाशको प्रकृति र पोष्ट्माटम
रिपोर्टले पनि मारेर खोलामा फालेको अवस्था पुष्टी भइसकेको अवस्था छ तर पनि
यसलाइ लिएर पक्ष विपक्षमा बहसहरु आइरहनुले नेपाली समाजमा मानवीयता
साच्चै दिउँसै लाइट बाली खोज्नुपर्ने देखिन्छ । यो मानवताविरुद्धको अपराधमा
सिङ्गो गाँउ र जनप्रतिनिधिसमेत घटनामा संलग्न हुनुले नेपाली समाज कस्तो
अवस्थामा रहेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।राणा,राजा, पन्च, प्रजातन्त्र,
लोकतन्त्र, गणतन्त्र सवै तन्त्र फेरियो, सत्ता फेरियो तर दलित समुदायको अवस्था
फेरिएन । जातिय अहमताको विष कम हुन सकेन अर्थात मानसपटलमा बसेको
जातीय विभेदको दरिद्र सोचमा परीवर्तन हुन सकेन ।
जातिय आधारमा छुवाछुत तथा भेदभाव दण्डनिय अपराध रुपमा मुलुकी
ऐन २०२० मा व्यवस्था गरिएको छ । वि.सं २०६३ जेठ २१ गते नेपाललाई छुवाछुत
मुक्त राष्ट्र घोषण, छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन–२०६८ र यसको
पहिलो संशोधन,२०७५ मा जातिय भेदभाव तथा छुवाछुत गर्नेलाई कसुरको अवस्था
हेरी तीन बर्षसम्म कैद र २० हजार देखि २ लाखसम्म जरिवान वा दुवै सजाय हुने
व्यवस्था रहेको छ । तर व्यवहारिक कार्यवन्यन कहिले र कहाँ भयो ? कागजी
दस्तावेजको रुपमा थनकिएको छ । छुवाछुत मुक्तराष्ट्र घोषणा पश्चात यता १९
जनाले ज्यान गुमाइसकेका छन् । अहिलेको यो रुकुम नरसंहार त जातिय विभेदको
यति धेरै मानविय क्षतिको यो पहिलो घटना हो । सम्मानपुर्वक बाच्न पाउने हक,
छुवाछुत तथा भेदभााव(कसुर सजाय) ऐन तथा सबै किसिमका जातिय भेदभाव
उन्मुलनसम्बन्धी अन्तराष्ट्रिय महासन्धी विपरीत रहेको छ । तर पनि राजनीतिक
आवरणमा कहि कसैले घटनालाई तोडमोड गर्न खोज्छ भने सम्पुर्ण न्याय पे्रमीहरु
जनसमुदाय एक हुनु पर्दछ । रुकुमको नरसंहारलाई जो जसले जुनसुकै बहानाबाजि
गरेर ढाकछोप गर्न खोज्छ भने न्यायका लागी जुनसुकै कदम उठाउन पछि हट्नु
हुर्दैन । सदियौ देखि अनेक रुप, रंग, ढंग फेर्दै सोझा समुदायको सुखशान्ति र
समृद्दिको हनन गर्नेहरुको दाह्रा नग्रा नभाँची दलित मुक्ति हुनेवाला छैन । दलित
समुदायलाइ भ¥याङ्ग बनाइ सत्ता र शक्तिको रसस्वादन गर्नेहरुको एक एक हिसाव
किताब गर्नु छ । नेपाल एकिकरणको सवालमा विशे नगर्चिले पु¥याएको योगदान
होस वा २०६२,६३ ऐतिहासिक आन्दोलनमा महान सहिद चन्द्र बयलकोटी, दिपक
कामी र सेतु विश्वकर्माले पु¥याएको योगदान, यहाँ कसैले अवमुल्य गर्न गर्दछ भने
यसको मुखदर्शक भएर बस्नु हुदैन, माओवादी जनआन्दोलनको प्रथम सहिद दिल
बहादुर रम्तेलको आत्मले के भन्ला ? हजारौ दलित समुदायको बलिदानी के का
लागी थियो ? आज सवैले छातिमा हात राखेर प्रण गर्ने बेला आएको छ । समाजमा
व्यक्त यो जातिय विभेदको घटना विसको उनन्याइस नहुनुमा कसको दोष
?जनयुद्धको उत्गम थलो रुकुम जहाँ यस्तो नरसंहार किन भयो सत्ता र शक्तिमा
भएकाहरुले जवाफ दिनुपर्छ कि पदैन ?
दलित समुदायको रगतमा पौडिखेल्दै सिहांसनमा पुगेकाहरु बोली र व्यवहार
फेरिदैछ त्यसैले जातिय विभेदका विरुद्द घर घरबाट गाउ गाउबाट जिल्ला
जिल्लाबाट जुट्दै सामाजिक न्याय र समानताका लागी एक्यवद्धता गरौं ।
अन्याय सहनु पनि अपराध हो । त्यसैले अन्यायको विरुद्ध सामाजिक न्याय र
समाज रुपान्तरण लागी अव फुटेर होइन जुटेर लाग्नु छ । यो नेपाली समाजको
साझा समस्या हो । सदियौं देखिको यो अन्याय र अत्याचार विरुद्द न्याय प्रेमी
एक होऔं ।।