Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

जातिय विभेदको रुकुम घटनाले कानुनि राज्यको नै खिल्ली उडायो -पत्रकार महासंघ द कोरिया

सौल दक्षिण कोरिया
रुकुममा घटेको घटनालाई लिएर नेपाल पत्रकार महासंघ कोरिया शाखाले एक प्रेस बिज्ञप्ति सार्वजनिक गर्दै ध्यानाकर्षण गरेको छ। जातिय विभेदको यस घटनाले कानुनि राज्यको नै खिल्ली उडाउनुको साथै समाज कुन दिशातर्फ मोडीदै छ भन्ने प्र्श्नाचिंह समेत खडा गरेको छ भने दोषीलाई कडा कानुनि दायरामा ल्याउन माग गरिएको छ।
विज्ञप्तिको पुर्ण पाठ एस्तो छ
रुकुम घटना सम्बन्धमा ध्यानाकर्षण !!!
समाजमा रहेको जातीय विभेदले निम्त्याएको अत्यन्तै कहालीलाग्दो रुकुमको चौरजहारी नगरपालिका-८ सोतीमा ६ जनाको ज्यानसमेत जाने गरी घटेको घटनाप्रति नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापित भईसकेको तथा जातीय विभेद र छुवाछुतलाई अन्त्य गर्न घोषणा गर्नुका साथै जातिय विभेद गर्नु नै कानुनत स् अपराध मान्ने गरेको स्थितिमा , समाजमा यथावत रहेको जातिय विभेद तथा रुकुममा घटेको यो घटना मानव अधिकारविरुद्धको निकृष्ट ज्यादती हुुनुका साथै मानवताविरुद्धको जघन्य अपराध हो । मानव सभ्यतालाई नै कलंकित बनाउने यस किसिमका घटनाले मुलुकमा विद्यमान कानुनी शासनको समेत धज्जी उडाउने र समाज कुन दिशातर्फ जाँदै छ भन्ने प्रश्नसमेत खडा गरेको महासंघको ठहर छ । महासंघ जातीय विभेद र छुवाछुतको विषयलाई लिएर घटेको यस घटनाकोनिष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ । सिङ्गो समाजलाई नै स्तब्ध बनाउने यस किसिमका आपराधिक घटना दोहोरिन नदिन महासंघ सरकारको गम्भीर ध्यानार्कषण गराउँदछ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय