Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

राजपा र समाजबादी एकता न कोल न घट्ट

           केहिदिन अगाडी नेपाली राजनितीको ज्वोरो एक्कासी बढ्यो । १०४ डिग्री बाट सुरुहुने कोभिड -१९ को ज्वरो भन्दापनि वढेर सुरु भयको नेपालको राजनिती को ज्वरो ले देश बिदेश नै ततायो। अध्यादेश नामको भाइरले फैलायको नेपालको राजनितीको ज्वरो साम्यपार्न फुट ,एकता, अपहरण जस्ता क्यासुलहुरुले नसकेर बिदेशीदुतहरु मार्फत रसायन झिकाउन परेको बुझियको छ। बिदेशबाट झिकाईयको रसायनको प्रयोगगरी रातारात पाहाडको कोदो (बाबुराम भट्टराई) र मधेश को तोरी (महन्त ठाकुर ) को मिस्रण बनायर तत्काल को ज्वरोलाई साम्य पारियपनि अब यसलाई केमा पिसाउने भन्ने बिसयले गम्भीर समस्या सिर्जना गरेको छ।

     सामान्यतया कोदो पिस्न स्वदेशी पानीघट्टको प्रयोग गरिन्छ भने तोरी पिस्नकोलागी कोल को प्रयोग गरिन्छ। रुपमा एकैकिसीमका देखियपनी यिनीहरूको प्रकृति फरक फरक छ एउटाबाट पिठो बनाइनछ भने अर्कोबाट तेल निकालिन्छ। तर अहिले यी फरक फरक प्रकृतिको बस्तुहरु कोदो ( संघिय समाजबादी ) र तोरी ( राजपा) को मिस्रणले नेपाली राजनीतिको ज्वरो कत्तिको तताउने हो या देशलाई ने साम्यपार्ने हो हेर्न बाकी छ । हुन त यिनीहरुको प्रकृति फरक फरक भयपनी यिनीहरुको वनस्पतिय नाम एउटै हो- एस डी मुनी । यिनीहरुको बृदी बिकास तेतैबाट भयको पाइन्छ ।

          त्यसैलेत जे. एन.यु . बाट बिद्यावारिधी गरि पुराको शक्ति छाडी नयाँ बोतलमा पुरानै रक्सी खनाउदै संघिय समाजबादी को डाईभर बन्न पुग्नु भयका डा. साब भन्नुहुन्छ कोदो र तोरी को रुप फरक फरक भयपनी यस को सार एउटै हो । सार एउटै भयकोले भारतबाट सेकेन्डहेन्ड मिसिन झिकायर पेलेर काती बनायो भने डोको डालो टाल्न काम लाग्ने र गाई बस्तुलाई खुवाउदा सारै पोषिलो हुने तर्क गर्नु भुको छ। तर गाई भैसी पाल्न माहीर यादब साब यो कुरामा सहमत नभयको बुझियको छ । उहाका अनुसार धुनीक खेती गर्ने हो भने नै मुठे गाई र तराइ गाई मात्र पालेर नहुने यसकोलागी त होलिस्टेन र ब्रोन स्विस जातका पस्चिमा गाई पाल्न पर्ने छ । यसकोलागी कोदो र तोरी लाई पस्चिमा अाधुनिक मेसिनमा पेलेर दाना बनाउने र हरियो घास युरोपबाट अायत गर्नपर्ने तर्क गर्नु भयकोछ ।

    तर यो ब्यवसायका अर्का पाटनर जमिनदार ठाकुर साब भने जसले जे पालेपनी दूध आफुलेनै खाने कुरामा बिस्वस्त हुनुहुन्छ। यसरी उहाहरुबिच स्वार्थ नमिलेपछी छिमेकी रास्टबाट सुटुक्क कोदो र तोरीको बिज्ञ झिकाईयको छ। बिज्ञले बिदेशीदुतको प्रयोगरी नेपाली कोदो र तोरी का व्यापारी जम्मा पारी रात्री भोज सहित बिशेश सल्लाह दियको बुझियको छ। बिज्ञ का अनुसार नेपाली कोदो र तोरीलाई पिसाउन कोल र घट्ट कतै हैजान नपर्ने कोदो र तोरी मा मर्चा मिसायर कुहाउने हो भने उत्कृष्ट जाड बन्ने र उक्त जाडको वास्ना छिमेकी र पस्चिमा सबैलाई मनपर्ने र उक्त मर्चा कालपानी, लिम्पीयाधुरा र लिपुलेक मा पाईने भनेर सुझायको बुझियको छ। हुनत राजपा र सामाजबादी भित्र कोदो र तोरी लाई स्वदेशी घट र कोलमा छुट्टाछुट्टै पेलेर पाहाडको पिठो तराई पर्याउने र तराइको तेल पाहाडमा पठाउने स्वस्थ व्यावसाय गर्न खोज्नेहरु नभएकाभने होइनन् ।

                 तर उनिहरु निर्णायक तहमा छैनन् । यसरी हेर्दा राजपा र समाजबादी को एकता प्रकरण ढिला हुनाको पछाडी बिदेशी व्यापारीहरुको नाफा घाटाको हिसाब भन्ने देखिन्छ। अव हेर्न बाकिछ डा. साब ले भने जस्तै जसपा लाई काती बनाउनेछन्न? यादव साब ले भने जस्तै दाना बनायर होलिस्टेन र ब्रोन स्विस ला खुबाउनेछन?दूध खान नपाए ठाकुर साब को मतीले कुन गति लिनेछ?वा बिज्ञ ले दियको सुझाप अनुसार जाँड बनाउनेछन्? तेस बाहेक पनि जसपा सग अर्को बिकल्प छ स्वदेशी कोल र पानी घट्ट मा पिसीइ देशभक्त शक्तीकोरुपमा उदाउने।

(दुर्लभ बन्धु पोखरेल – उपाध्यक्ष नेपाल पत्रकार महासंघ दक्षिण कोरिया)

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय