Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियासँग ल्याण्डिङ्ग अनुमती नलिएको कारण चार्टर्ड विमान कोरिया जान सकेन ,

सौल द कोरिया

एन आर एन ए ले  नेपाल बिदामा गएका नेपाली कामदारहरुलाई लिएर नेपाल एअरलाईन्सको चार्टर्ड विमान कोरिया लैजाने योजना नेपाल स्थित एच आर डि कोरियाको कार्यालयले बन्द गरिदिएको छ ।

नेपाल स्थित एच आर डि कार्यालयले सुचना जारी गर्दै भनेको छ ,

अस्थायीरुपमा स्वदेश आएका E – 9 कामदारहरुको लागि सूचना ० पछिल्लो समय केहि संघ संस्थाले कोरियाबाट छोटो अवधिको लागि नेपाल आएका E – 9 कामदारहरूलाई दक्षिण कोरिया लैजाने भनि प्रचार प्रसार गरि दक्षिण कोरियाली सरकारबाट हवाई अवतरणको अनुमतिनै नलिई सेल्फ क्वारेन्टिन कन्फर्मेशन पत्र जारि गरिदिन भनि नेपाल सरकारको माध्यमबाट कामदारहरुको नामावली पठाएको थियो ।

सेल्फ क्वारेन्टिन कन्फर्मेशन पत्र जार गर्ने प्रमुख निकाय नेपाल र पि एस सेन्टरले फलाईट तं , हवाई जहाज अवतरण गर्ने दिन र समय सहि नभएको अथात स्वीकृति समेत नलिएको विषय बारे नेपाल सरकारलाई ( ई पि एस कोरिया शाखा , वैदेशिक रोजगार विभाग जानकारी दिएको थियो । साथै यसरी स्वीकृति समेत नलिएको उडानमा समावेश गरिने भनि पठाईएको नामावलीमा भएका कुनैपनि कामदारहरुको सैल्फ क्वान्टिन कन्फर्मेशन पत्र जारि नहुने बारेपनि नेपाल सरकारलाई ई पि एस कोरिया शाखा , वैदेशिक रोजगार विभागमा अवगत गराई सकेको छ ।

छोटो अवधिको लागि नेपाल आएका E – 9 कामदारहरुले माथि उल्लेख विषयलाई ध्यानमा राखी भ्रममा नरहन हुन अनुरोध गर्दछ ।

एच आर डि ले जारी गरेको सुचना यश प्रकार छ ।

 

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय