Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा बिद्यालयहरु खुले ,पठन पाठन सुचारु

दक्षिण कोरियामा केहि महिनादेखि महामारीको रुपामा फैलिएको कोरोना भाइरस केहि साम्य हुन थालेपछि बिद्यालयहरु पुनः सुचारु भएका छन् ।

पहिलो चरण अन्तर्गत माध्यमिक तहका पठनपाठनहरु बुधबार देखि सुचारु भएका हुन् ।गत फेब्रुरीमा कोरोना भाइरसले महामारीको रुप लिएपछि सम्पूर्ण तहका बिद्यालयहरु बन्द भएका थिए । पुर्व प्राथमिक देखि अन्य तहका बिद्यालय भनेजुन ८ देखि सुचारु गर्ने शिक्षा मन्त्रालयले बताएको छ ।खाङ्बन्दो क्षेत्रका ६० जना भन्दा कम बालबालिका रहेका बिद्यालयहरु पनि सुचारु भएका छन् ।सो क्षेत्रमा १७० वटा उक्त बिद्यालयहरु छन ।बुधाबार देखि पुनः संचालनमा आएका हरेक बिद्यालयहरुमा शिक्षक तथा बिधार्थीको स्वास्थ निगरानी तथा सेल्फ आइसोलेसनलगायतका कुरालाई बढी जोड दिने बताइएको छ ।

उक्त बिद्यालयहरुमा शिक्षा मन्त्रालयले ७ वटा चेक पोइन्ट समेत उपलब्ध गराएको छ ।यधपी कोरियामा कोरोना भाइरस भने पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन ।२ साता पहिला १ डिजिटमा झरेको नयाँ संक्रमितको संख्या इथेवन क्लबको सामुहिक संक्रमण पश्चात पुन बढेको छ ।बुधबार मात्र ३२ जना नया संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ११ हजार १ सय १० पुगेको छ । त्यसैगरी ९ हजार भन्दा धेरै निको भै घर फर्किसकेका छन ।हेल्लो नेपाल कोरिया डटकम बाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय