Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

      लकडाउनले विद्यार्थीमा परेको प्रभाव र अवसर 

शारदा आचार्य खनाल

बुटवल

हाल विश्वब्यापी रुपमा आतंक मच्चाइ रहेको कोरोना भाइरस रोग (कोभिड-१९) को पहिचान सर्वप्रथम चीनको हुबेई प्रान्तको राजधानी वुहान शहरमा डिसेम्बर २०१९ मा भएको थियो । चीनको वुहानबाट फैलिएको यो रोगले हाल विश्वब्यापी महामारीको रुप लिइसकेको छ । अहिले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड-१९ को त्रास छ। विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन्।उक्त भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपायस्वरूप अधिकांश मानिसहरू घरभित्रै सीमित छन्।

 

यो रोगको कारणले संसारभरका शैक्षिक संस्थाहरु प्रभावित भएका छन । यसको कारणले विश्वविद्यालहरु एवम विद्यालहरु बन्द भएका छन । यसले गर्दा विश्वब्यापी रुपमा कारीव १.५ विलियन विद्यार्थीहरु प्रभावित भएको अनुमान गरिएको छ । नेपालमा पनि विश्वविद्याल एवम विद्यालहरु सवै बन्द भएका छन । स्कुले विद्यार्थीहरुको फलामे ढोका मानिने SEE (Secondary Education Examination) को परिक्षा स्थगित भएको छ । यसरि परिक्षा बाट प्रभावित हुनेको संख्या छ लाख भन्दा बढी रहेको छ । नेपालबाट विदेसमा अध्ययनको लागि जाने विद्यार्थीहरु पनि निकै प्रभाबित भएका छन । पढ्न गएका विद्यार्थीहरु नराम्रो संग आर्थिक र मानसिक रुपमा प्रभावित भएका छन । थप समयको लागी खर्च कहाँबाट र कसरी जुटाउने भन्ने कुरामा उनिहरुको चिन्ता छ ।

 

देशमा lock down भएको कारणले विद्यार्थीहरुसंग संबन्धित ट्युसन, कोचिंग र अन्य पुर्व तयारी कक्षाहरु समेत बन्द रहेका छन । कुनै स्थानमा online कक्षाहरु सञ्चालन हुनु राम्रो हो। तर धेरै विद्यार्थी भाइबहिनीहरु यस प्रकारको प्रविधिमैत्री शिक्षाको पहुॅचबाट बञ्चित रहेका छन।यस्तो अवस्थामा सबै भाईबहिनीहरुले स्कुलमा शिक्षकहरूले पढाएको कुरालाई स्मरण गर्ने कोशिष गर्नु । घरमा समय तालिका बनाएर अध्ययन गर्नु ।भाइबहिनीहरू यो आपतकालीन स्थितिमा पनि तपाईँहरूले पढाई प्रति लगाव दिनै पर्छ ।

मानिसको जीवनमा सबै भन्दा ठुलो कुरा ज्ञानार्जन हो । कसैले एकैछिन पनि लापरबाही गर्नु हुन्न । यस्तो गरियो भने पढेको कुरा सबै बिर्सिन सक्छ ।

 

‘खालि दिमाग शैतानको घर ‘ भने जस्तै अनेक नकरात्मक सोंचहरु आउन सक्छन ,हामीले मिहिनेत गरेको लगानी खेर जान्छ कि हाम्रो भविष्य के होला जस्ता सोचाईंहरू हुन सक्छ । जस्ता कुरा सोच्नु हुन्न । यो समयलाई वीभिन्न सृजनात्मक काम गरेर सदुपयोग गर्नु पर्छ।यस समयलाई एउटा प्रतिभा प्रष्फटनको लागि अवसरको रुपमा प्रयोग गरी लेख रचनाहरु सृजना गर्ने,चित्र कोर्ने, पढेर बोर भएको बेला एकछिन करेसा बारीमा तरकारी लगाउने, वृक्षारोपण गर्ने र भान्साको काममा आमालाई सघाउनु उपयुक्त हुन्छ । आफ्नो सस्कार, मुल्यमान्यता,रितिरिवाजआदि जस्ता विषयमा व्यवहारिक रुपमा घरमा सपरिवारको साथमा रहेर सिक्ने अवसर पनि छ।

 

घरमा बस्दा राम्रोसंग सरसफाईमा ध्यान दिने । आफूले पनि र परिवारका अरु सदस्यहरुलाई पनि साबुन पानीले कम्तीमा २० देखि ५० सेकेण्ड जति हात मिची मिची धुन आग्रह गर्ने र आफूले पनि धुने ।आफू, आफ्नो परिवार र सामुदायिक सरसफाइमा ध्यान दिने । बिहानै उठेर योग अभ्यास गर्ने गरेमा शरीर फुर्तिलोर स्वस्थ हुन्छ ।भिडभाडमा नजाने र जानै परे सामाजिक दुरी कायम गर्न जरुरी छ । शिक्षा भनेको सैद्धान्तिक मात्रै होईन व्यवहारिक र जीवन उपयोगी पनि हुनुपर्छ । यो समयमा अनुशासन, नैतिकता, जीवन भोगाईका कुराहरु, हाम्रा सामाजिक संस्कार तथा मूल्य मान्यताहरू आफ्ना अग्रजबाट सिक्न समय हो ।

 

फुर्सदको समयमा सम्भव भएसम्म हाम्रो हातमा भएको मोबाइल र इन्टरनेटमा २४ सौं घण्टा गेम खेलेर तथा सामाजिक सञ्जालमा व्यस्त भई समय बिताउनुको सट्टा इन्टरनेटबाट उपयोगी सामग्री हेर्नु र पढ्नु पर्छ । इन्टरनेटमा भेटिएको एउटा सानो जानकारीले हाम्रो जीवन शैली, लक्ष्य तथा उद्देश्य नै परिवर्तन हुन सक्छ । हामीलाई अघि बढ्न थप प्रेरणा मिल्न सक्छ । त्यसैले यो खाली समयलाई जीवनोपयोगि सिप र शिक्षाप्राप्त गर्न उपयोग गर्दा राम्रो हुन्छ

 

यस बन्दाबन्दीको अवस्थालाई विद्यार्थी भाइबहिनीहरुले आफ्नो औपचारिक ज्ञानलाई व्यवहारिक ज्ञानसॅग एकिकृत गर्न आवश्यक पर्ने जीवन ज्युने तथा आत्मनिर्भर हुने सिप विकास,व्यवहार कुशल सिप विकास, सांस्कृतिक तथा नैतिक सिप विकास गर्न सकिने क्रियाकलापमा अग्रसर भई सुनौलो अवसरका रुपमा सदुपयोग गर्न सकून्।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय