Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा पत्रकारहरुमाथी लगाईएको आरोपमा पत्रकार महासंघको ध्यानाकर्षण

दक्षिण कोरियामा रहेर पत्रकारिता गर्दै आयका पत्रकारलाई लक्ष्छीत गर्दै सामाजिक संजालमा पोष्ट गरिएका गालि बेज्जयेति प्रति नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले विरोध गरेको छ । महासंघले मङगलबार एक प्रेस विज्ञप्ति जारि गर्दै एनआरएनए दक्षिण कोरियाका केहि पदाधिकारी लगायतले सिङगो पत्रकारितामा ठेस पुग्ने गरि मिथ्या आरोप लगाउदै सामाजिक संजालमा तथानाम गाली गर्ने,पत्रकारको चरित्र हत्या गर्ने खालका गरेका अमानविय हर्कत प्रति गम्भिर ध्यानाकर्षण भएको जनायको छ ।
त्यस्तै एनआरएनएको बैठकले गरेको निर्णय भन्दै ‘विभिन्न संचारमाध्यममा आएका समाचार लाई लियर आरोपलाई प्रमाणीकरण गर्न पत्रचार गर्ने निर्णय गरियो’भन्ने वाक्यले वाक स्वतन्त्रताको पक्षमा रहेका सबैलाई झस्काएको छ । संघको निर्णय र संघका केही पदाधिकारीले संचारमाध्यम तथा पत्रकारहरुलाई गम्भीर प्रकारका आरोप लागाउने कार्य स्वतन्त्र पत्रकारिताको विरुद्ध रहेको नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको ठहर छ । महासंघ प्रेस स्वन्त्रता विरोधी यस्ता कार्यको घोर भ्रत्सना गर्दछ ।

पत्रकारले लेखेका कुनै कुरामा चित्त नबुझे संबादबाट समाधानमा लाग्नुको साटो सामाजिक संजालमा पत्रकारका तस्बिरहरु पोष्ट गरेर तथा नाम लेख्दै चरित्र हत्यामा उत्रनु एनआरएनए जस्तो गरिमामय पहिचान बोकेको संस्थाको जिम्वेवार पदमा आसिन व्यक्तिका लागि पक्कै पनि सोभनिय विषय होइन । सामाजिक संस्थाका जिम्मेवार व्यक्तिहरू यसरी निर्लज्ज रूपमा प्रेस बिरोधी गतिविधीमा संलग्न हुनु अत्यन्तै दुःखद बिषय हो । यस्ता कार्यले समग्र कोरियाको नेपाली समाजलाई जवाफदेही बनाउने कार्यमा बाधा पुग्ने देखिन्छ विज्ञप्तिमा भनियको छ ।
विज्ञप्ति मार्फत महासंघले सामाजिक संजालमा तथानाम लेख्ने र पत्रकारको चरित्र हत्या गर्ने कार्यमा संलग्न पदाधिकारीलाई एनआरएनए कोरियाले आबश्यक कारबाही गर्ने छ भन्ने आसय प्रकट गरियको छ । कुनै पनि समाचार लेख्दा आवश्यकता अनुसार सम्बन्धित संस्था वा निकाय संग समन्वय गर्ने वा नगर्ने यो स्वतन्त्रता पत्रकारमा निहित रहेको प्रष्ट पारेको छ ।

त्यसैगरि विज्ञप्तिमा नेपाली राजदुताबास कोरियालाइ प्रेस विरोधि कार्य गर्नेहरुको निगरानि र पहिचान गरि सचेत गराउन अनुरोध गरियको छ । साथै सहि आलोचना र सुझावलाइ हाउँ गुजिको रुपमा नलिई मार्गदशकको रुपमा लिएर अगाडि बढ्न सम्पुर्ण संघसंथा तथा तथा निकायलाइ सुझाव दिइएको छ । सामाजिक,परोपकारी तथा कोरियामा रहेका नेपालीहरूको हितको लागी महासंघ सबै संघसंस्था संग हातेमालो गर्न तत्पर रहेको तर सामाजिक कार्यको नाममा हुने अनियमितता,बेथिती र सामाजिक कार्यको नाम भजाएर आफ्नो निहित उद्देश्य पुरा गर्ने प्रवृत्तिको भण्डाफोर गरिरहने प्रतिवद्दता पनि व्यक्त गर्दछौँ । विज्ञप्तिमा भनियको छ ।
महासंघका अध्यक्ष रञजन राज कुवँर र महासचिव मिन बिक द्धारा हस्तारित विज्ञप्तिमा समाचार संप्रेषन गर्दा पत्रकारबाट कुनै कमजोरि भयको भए त्यसलाइ सुधारेर निरन्तर खबरदारि र सुचना संम्प्रेषमा नडराई लाग्न अनुरोध गरियको छ । निरन्तर संवाद र सहकार्यको लागि महासंघको ढोका सधै खुल्ला रहेको जानकारि गराउदै कोरियाबासी नेपालीेलकोे साथ र सहयोग प्रति महासंघले विज्ञप्ति मार्फत आभार व्यक्त गरेको छ ।
स्मरण रहोस् केहि दिन पहिले एनआरएनए दक्षिण कोरियाका केहि पदाधिकारीले आफु विरुद्ध लेखियको समाचार सेयर गरेको भन्दै नेपाल पत्रकार महासंघ कोरिया शाखा कार्यसमिति सदस्य सविना कार्की र चार्टर विमान भाडा महङगो भयो भनेर फेसबुकमा स्टाटस लेखेको भन्दै महासंघका साधरण सदस्य अर्जुन बरालको फोटो सामाजिक संजालमा राखेर तथानाम लेखेर चरित्र हत्या गर्ने प्रयास गरेका थिय । अहिले भने यी पोष्टहरु उनिहरुले हटाएको देखिन्छ ।

विज्ञप्तिको पुर्ण पाठ यस प्रकार छ

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय