Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाले कोरोना संक्रमणको परीक्षण दुई मिनेट मै गर्न सकिने प्रविधिको विकास गर्यो

सोल-दक्षिण कोरियाको एक कम्पनिले कोरोना भाइरसको एण्टिबडी परिक्षण गर्ने द्रुत गतिको परीक्षण किट निर्माण गरेको छ । बृहत उत्पादनका लागि तयार रहेको भनिएको उक्ट टेस्ट किटले २ मिनेटमा नतिजा दिने छ । किट निर्माता कम्पनि ईडीजीसी हेल्थ केयरले कोरोना संक्रमण पत्ता लगाउने किटको निर्माण तयार गरेको बताएको हो । शुक्रवार कोरिया टाइम्स सँगको कुराकानीमाकोभिड १९ आइजीएम / आइ जिजी नामक किट्सले युरोपमा सीई प्रमाणपत्र प्राप्त गरेको छ जुन युरोपेली मापदण्ड अनुरुप स्वास्थ्य र सुरक्षा प्रत्याभुतिको प्रमाणपत्र हो । कम्पनिका अधिकारीका अनुसार बृहत उत्पादनका लागि हाल त्यहाँको खाद्य तथा औषधि प्रशाशनको अनुमति पर्खिरहेको पनि बताइएको छ ।

यो किट्सको उत्पादन पश्चात सरकारलाई कोरोना संक्रमणको दोश्रो चरण सुरु भएता पनि सामना गर्न सघाउने कम्पनि अधिकारीहरुले बताएका छन् । कम्पनिका अधिकारीहरुका अनुसार सो परिक्षण किटले हाल सम्म उत्पादन भएका किटहरु भन्दा छिटो गतिमा नतिना दिन सक्दछन् । हाल सामान्य किटले १० मिनेटमा संक्रमणको नतिजा दिन्छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय