Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा भिषा सकेर नेपाल फर्किने तयारीमा रहेका यूवाहरुको पिडा कसले सुन्ने ?

कोरोना भाईरस ‘कोभिड – १९’ ले अघिल्लो महिनासम्म कोरियामा महामारीको रुप लिएपछी कोरियाको न्याय मन्त्रालयले यहाँ कार्यरत भिषा सकिन लागेका विदेशी कामदारलाई थप ५० दिन भिषा थप्ने निर्णय गर्यो।उक्त निर्णयपछी भिषा सकिन लागेका कतिपय नेपाली कामदारले समेत यो सुविधाको प्रयोग गरेर कोरियामा बैधानिक तवरले बसेका छन।यतिबेला नेपाल लकडाउनको अबस्थामा छ।कोरियामा भिषा थपेर बस्ने नेपाली कामदार थपिएको भिषा समेत सकिन लागेपछी चिन्तित बन्न थालेका छन।नेपाल फर्किन सक्ने अवस्था पनि नहुने र कोरियामा काम गर्न पनि नपाएको अबस्थामा आफुहरु संग भएको पैसा समेत सकिन लागेपछी यतिबेला उनिहरु मारमा परेका छन।

छङ्जुमा आफ्नो कार्यकाल सकेर थप भिजा समेत सकिने अवस्थामा रहेका असोक लुईटेल ले कान्तिपुर प्रेस अनलाईन संगको कुराकानीमा उनले आफुहरु यतिबेला समस्यामा परेको बताएका छन।”कोरियामा भिषा सकियो ,थप भिजा पनि सकिने अबस्थामा छ।अब के गर्ने?फेरी भिषा थप्न सकिने नसकिने केही जानाकारी छैन,केही खर्चलाई भनेर राखेको पैसापनी सबै सकिन लाग्यो।कम्पनीले खान बस्न त दिएको छ तर कहिले सम्म हो त्यो पनि थाहा छैन।काम गर्न पनि दिएको छैन, बस्ने खाने मात्र गर्दा थप मानसिक तनाबमा परियो ।म जस्ता करिब ८०० जना भन्दा बढी यूवाहरु म जस्तै पिडामा छन।नेपाल बिदामा गएका हरु कोरिया फर्कन पाउने भएसंगै हामीजस्ता मातृभुमी जाने पर्खाईमा रहेका सयौँ यूवाहरुको समस्या पनि सुनुवाई होला भन्ने आशामा छौँ।”लुईटेल प्रतिनिधि पात्र हुन उनीजस्तै समस्यामा परेका नेपाली यूवाहरु छिट्टै वैधानिक तवरले स्वदेश फिर्ता हुने दिन कुर्दै बसेका छन।

कोरियामा भिषा सकेर समस्यामा परेका यूवाहरुलाई स्वदेश फर्काउने जिम्मेवारी दुतावासको भएको कारण पिडित युवाहरुले नामावली संकलन गरी दुतावासलाई बुझाउने तयारी रहेको उनले बताए।बुसानबाट उस्तै समस्या भएका अर्का एक व्यक्ति भन्छन “हामी नेपाल सरकारको क्वारेन्टाईन मापदन्ड अनुसार स्वदेश फर्केपछी १४ दिन बस्नेछौँ साथै कोरियाबाट नेपाल फर्किन लाग्ने खर्च हामी स्वयमले बेहोर्ने छौँ,यसमा नेपाल सरकार तथा कोरियास्थित नेपाली राजदुतावास ले छिट्टो पहल चालोस ।”

उता एनआरएनए दक्षिण कोरियाले बिदामा नेपाल गएर लकडाउनका कारण कोरिया फर्कन नपाएर भिषा गुम्न लागेका श्रमिकहरुलाई आउदो मे १२ मा चार्टर्ड फ्लाईट मार्फत कोरिया ल्याउने तय भएपनी पुन: दोस्रोपटक अनिश्चितकालका लागी स्थगित भएपछी थप अन्योलता छाएको छ ।क्वारेन्टाईन प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने बाध्यात्मक नियम लागु भएसंगै उक्त प्रकृयाको तयारीका लागी भनेर पुन: दोस्रोपटक उडान क्यान्सिल भएको हो।कोरियामा भिषा सकेर नेपाल फर्किने पर्खाईमा रहेका हरुलाई पनि एनआरएनए दक्षिण कोरियाले पहिलो चार्टर्ड फ्लाईट पछिको फ्लाईट मार्फत नेपाल फर्काउन सहजिकरण गर्ने जनाएको छ।गुरुदत्त न्यौपानेको रिपोर्ट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय