Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

चार्टर्ड गरिएको प्लेन छिटोमा मे १० देखि १२ तारिक सम्म कोरिया प्रवेश गर्ने सम्भावना ,

सौल दक्षिण कोरिया
गैर आवासिय समन्वय परिषद केन्द्रले नेपाल एअरलाइयन्स संग सम्झौता गरेको चार्टर्ड प्लेन छिटो भएको खण्डमा मे १० देखि १२ तारिक सम्ममा कोरिया आउने सम्भावना रहेको चार्टर्ड समितिमा एक सदस्यले हामीलाई जानकारी गराए । प्लेन चार्टर्ड गर्दा दुई देश बिच गर्नुपर्ने सम्झौताले गर्दा तोकिएको मिति भन्दा केहि समय ढिलाई हुन पुगेको हो , यसमा  मेडिकल अनिवार्य गर्नुपर्ने साथै यहि ६ तारिक जहाज अष्ट्रेलिया जाँदै गरेको हुनाले पनि केहि पछाडी उड्न सक्ने सम्भावना रहेको छ ।
नेपाल एअरलाइन्सलाइ पहिलो पटक कोरिया भित्र्याउन सकियो भने भविस्यमा नेपाल सरकार , नेपाल एअरलाइन्स तथा कोरियामा बस्ने  नेपालीहरुलाइ  उचित लाभ हुने सम्भावनाले गर्दा पनि नेपाल सरकारले पनि नेपाल एअरलाइन्सलाइ नै कोरिया पठाउनको लागी लबिङ्ग गरिरहेको छ । चार्टर्ड प्लेन कोरिया जाने भनेर फिक्स भैसकेपनि यसरी ढिला हुनाले कोरिया ल्याण्डिङ अनुमाती नै त पाएको छैन भन्ने शंका गरिएको छ तर यो बिषयमा सम्बन्धित पक्षले जवाफ दिन चाहेनन् तर कसैले रोकेको भन्ने खबर भने निराधार रहेको जनाए , समाचारमा आइरहेका सबै कुराहरु केवल भ्रम रहेको पनि जनाए । नेपाल एअरलाइन्सलाइ कोरिया भित्र्याउन सकिएको खण्डमा आगामी दिनहरुमा पनि कोरियामा नेपाल एअरलाइन्सका नियमित फ्लाईट गर्न सकिने सम्भावना बलियो रहेको जनाए । यदि यसो भएको खण्डमा आउँदा दिनहरुमा भाडादर निकै कम हुन सक्नेछ ।

Trip
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय