Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

२० दिनपछि सार्वजनिक कार्यक्रममा देखिए किम

प्योङयाङ : उत्तर कोरियाली नेता किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । कोरियाली समाचार एजेन्सी योनापले दिएको खबर अनुसार शनिबार एक कार्याक्रममा उनी देखिएका हुन्।

प्योङयाङको दक्षिणी क्षेत्रमा रहेको सुनचोन प्रान्तको एक ‘फर्टिलाइजर प्लान्ट’को निर्माण समापन कार्यक्रममा किम सहभागी भएको उत्तर कोरियाली मिडियालाई उद्धृत गर्दै योनापले जनाएको छ।

अप्रिल ११ पछि किमले  सार्वजनिक कार्यक्रममा भाग लिएको खबर तथा तस्बिर उत्तर कोरियाले सार्वजनिक गरेको थिएन । अप्रिल ११ मा उनले सत्तारुढ दल कोरियन वर्कर्स पार्टीको बैठकमा भाग लिएको बताइएको थियो।

Trip

अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक नेता तथा किम उनका हजुरबा किम इल सुङको १०८ जन्मदिन थियो । सो दिनलाई उत्तर कोरियामा विषेश दिनका रुपमा मनाइने गरिन्थ्यो । सो दिनमा पनि किम  कुनै कार्यक्रममा सहभागी भएको सार्वजनिक नभएपछि उनी गम्भीर बिरामी रहेको वा मृत्यु भएको अड्कल गर्दै अन्तराष्ट्रिय मिडियाहरुमा खबर आएका थिए। केही दिनअघि मात्रै पनि दक्षिण कोरियाली अधिकारीहरुले भने किम सकुशल रहेको दाबी गरेका थिए।

उत्तर कोरियाली समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी(केसीएनए) किम सहभागी भएको कार्यक्रमका धेरैवटा तस्बिर सार्वजनिक गरेको छ। अन्नपूर्ण पोस्टबाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय