Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

चार्टर्ड फ्लाईटको लागि शुरूवात देखि लबिङ गरेकालाई पाखा लगाउदै एकलौटी गर्यो एन आर एन ए ले ?

     नेपालले लकडाउन गरेका कारण कोरियाबाट नेपाल गएकाहरु कोरिया प्रवेश गर्न पाएका छैनन ।  कोरिया प्रवेशमा सहजीकरण गर्ने भन्दै गत मार्च महिनादेखी नै कोरियामा रहेका ट्राभल कम्पनिहरुले लबिङ शुरु गर्दै चार्टर्ड फ्लाईटमा कोरिया प्रवेश गर्न चाहनेको  पहिलो चरणको नामावली संकलन गरेका थिए । कोरियामा रहेका संघ संस्थाहरुलाई तथा इपिएस कार्यालय लगायत एच आर डि कोरियाको नेपाल कार्यालयमा दवाव दिनको लागि लबिङ शुरु भएको थियो।  विभिन्न संघ सस्थालाई ट्राभलहरुले अनुरोध गतेपछी कोरिया स्थित नेपाली राजदुतावासमा ज्ञापन पत्र बुझाएका थिए । ट्राभल कम्पनीहरुको आग्रह बमोजिम नै  एन आरेन ए कोरियाले पनि नेपाली राजदुतावास सौलमा ज्ञापन पत्र बुझायो । त्यसलगत्तै चार्टर्ड फ्लाईटमा कोरिया प्रवेश गर्न चाहने दोस्रो चरणको नामावली संकलन अभियान ट्राभल कम्पनी र एन आर एन ए कोरियाको सहकार्यमा सम्पन्न भयो ।
    नेपाल सरकारले पनि कोरिया प्रवेश गर्न बाटो खोलिएको भोलिपल्टै एन आर एन ए केन्द्र जवानी बसेर नेपाल एअरलायन्स संग सम्झौता भैसकेको र अप्रिल ३० तारिकनै जहाज कोरिया पुर्याईने भनेर ट्राभल कम्पनी हरुका केही सदस्यहरुको सम्पर्क नम्बर  र भाडादर सहित प्रचारप्रसार गरियो । एन आर एन ए केन्द्रसंग ट्राभल कम्पनिहरुलाई एक टिकट  बिक्री गरेबापत कति प्रतिशत प्रतिफल  दिने भन्ने पनि टुंगो लगाइएको एक सदस्यले हामीलाई बताए । तर एकाएक  एन आर एन ए केन्द्रले निर्णय उल्टाउदै सम्पुर्ण ब्यबस्थापन आफैले गर्ने ट्राभलकम्पनी हरुसङ्ग सहकार्य नै नगर्ने भनेर प्रस्तुत भएपछी ट्राभल कम्पनिहरु आफू त्यो कार्यमा संलग्न नभएको भनेर भन्न बाध्य बनाईयो । सबैकाममा सहकार्य गर्दै अन्तिममा आएर एन आर एन ए ले यसरी धोका दिन्छ भनेर नसोचेको त्यसै भित्रका एक सदस्यले हामेलाई बताए ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय