Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कसरी शुरु भयो त मजदुर दिवस ?

१ मे ,मइ दिवस अर्थात श्रमिक दिवस आज यस दिनलाई अधिकांस देशहरुले आधिकारिक रुपमा श्रमिक दिवस का रुपमा मनाउछन र सार्वजनिक बिदा दिने गर्छन। अझ श्रमिक संगठनहरुले त यस दिनलाई पर्वका रुपमा मनाउँदै आएका छन । तर यस दिनलाई नै श्रमिक दिवसका रुपमा किन र कहिलेबाट मनाउन थालियो भन्नेकुरा धेरैजसो श्रमिकहरुलाईनै थाहा नहुन सक्छ,
श्रमिकको रगत पसिनाको होली खेलेर माहारथ हासिल गरेका युरोप अमेरिकाका देशहरुमा श्रमिकहरुलाई मानव नै मानिदैनथ्यो । मानव नै नमानिने त्यो समाजमा अधिकारको त कुरै भएन ।

औधोगिक क्रान्तिको पहिलो चरण (१७६०-१८७०) भन्दा अगाडी श्रमिकहरु सामन्तहरुकोमा दासको रुपमा राखिन्थो । जब युरोप अमेरिकामा औधोगिक क्रान्तिको पहिलो चरण शुरुभयो सयाै मजदुरहरु एउटै कम्पनीभित्र कामगर्ने अवस्थाको सुरु भयो त्यतीबेला श्रमिकको न्युनतम कामगर्ने समय नै १५ घन्टा मानिन्थ्यो श्रमिकको चरम शोषण गरिन्थो । श्रमिकको न्युनतम आवस्यकता पुरा गर्न सक्ने ज्याला , उचित बिदा, न्यायपुर्ण श्रमको व्यवस्था थियन ।

यो चरम शोषणले मजदुरलाई संगठितहुन बाध्य बनायो । फल स्वरुप विभिन्न देशहरूमा विभिन्न श्रमिक संगठनहरु स्थपना भय । तिनै संगठित श्रमिकहरुले ८ घन्टा काम ८ घन्टा मनोरञ्जन र ८ घन्टा आरामको एक दिने कार्यबिभाजन सहित समानता , उपयुक्त श्रमज्याला , उचित बिदा सुबिदा , न्यायपुर्ण श्रम वातावरणको लागि एकिकृत हुने उद्घोष गर्दै विभिन्न ठाउँमा हडताल शुरु गरे । अमेरिकाको सिकागो मा उक्त मागसहित १ मे १८८६ मा भयको प्रदर्शन मा सरकारले गोली चलायो । थुप्रै प्रदर्शनकारी श्रमिकहरुले ज्यान गुमाउन पर्यो । उक्त दमनवाट पर्दर्शनकारी श्रमिकहरु उत्तेजित हुन थाले र प्रदर्शन लाई निरन्तरता दिन थाले ।

त्यही प्रदर्शनको क्रममा ४ मे १८८६ मा भयको प्रदर्शन मा बम बिस्फोट हुदा ४ जना प्रहरी सहित ७ जनाको मृत्यु भयो । त्यो बिस्फोट प्रदर्शनकारी को तर्फबाट भयको भनिए पनी प्रदर्शनलाई हिंसात्मक बनाउन भिजिलान्ते को प्रयोग भएको मानिन्छ । उक्त घटनापछी ८ जना निर्दोष श्रमिकलाई दोषी को रुपमा पक्राउगरि फासी दिइयो ।
उक्त आन्दोलन को ३ वर्ष पछाडी १८८९ मा फ्रान्स को पेरिसमा भएको विश्वका श्रम संगठन एबं श्रमिक नेताहरुको बैठकले १८८६ मा प्रदर्शन शुरु भयको मे १ तारिक लाई श्रमिकहरु एकिक्रितहुने घोषणा गरेको दिनको रुपमा मान्दै मे १ तारिकलाई अन्तराष्ट्रिय श्रमिक दिवसको रुपमा मनाउने घोषण गर्यो । त्यसको अनुसरण गर्दै उक्तदिनलाईनै श्रमिक दिवसको रुपमा विश्वभर मनाउन थालीयो । अाज ८० भन्दा बढी देशहरुले अाधिकारिक रुपमा श्रमिकदिवस मनाउदै सार्बजनिक बिदा दिदै अायका छन् । नेपालमा भने २००७ सालमा भयको बिराटनगर मजदुर आन्दोलन सगै अन्तराष्ट्रिय श्रमिक दिवस मनाउन थालियको हो ।
लेखक दुर्लब पोखरेल नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको उपाध्यक्ष हुनुहुन्छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय