Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा ठगहरु होसियार !

मुक्त गुरुङ ,धेरै समय भयो तपाईहरु समक्ष केही जानकारी प्रस्तुत नगरेको। आज पनि पछिल्लो समयमा घटेको केही ठगी घटना हरु मार्फत तपाईंहरु लाई सचेत गराउन चहान्छु। मैले बिगत मा पनि धेरै पटक online ठगीको बारेमा पटक पटक जानकारी गराएको थियो र मैले भन्दै आएको छु कि यो facebook मा भेटेको र सस्तोमा नया फोन ,क्यामरा,वा अन्य electronic सामान बिक्रेताको भर कहिले नगर्नु। तिनिहरु मध्य 90% ठगहरु छन।

र कतिपय फोन बिक्रेताहरुले फ्री सिमको साथफ्री गिफ्टहरु दिन्छ। एक पटक बिचार गर्नुस कि फ्री सिम, फ्री फोन ,उपहार र महिना म बिल् समेत तिर्नु नपर्ने लोभलाग्दो offer इनिहरु ले किन गर्छ।

पक्कै पनि business भनेको लाभ प्राप्तीको लागि गरिन्छ तर कोरियामा फोनवालाहरु को कुरा सुन्यो भने लाग्छ मानो उनिहरु यहाँ समाजसेवा गर्न मात्र बसेका हुन।कतिपय नेपाली फोन बिक्रेता हरु ले थोरै नाफामा आफ्नो सेवा नदिएका पनि होइनन र तिनीहरु लाई प्राय कोरिया मा रहेका नेपाली हरु ले चिनेका नै छन।तर धेरै जसो ठगहरुले विभिन्न प्रलोभनमा पारी कुनै बिदेशीको alien card लिन्छ र तेस्को दुरुपयोग गरेको धेरै उजुरी आइ रहन्छ।एउटा घटना मा एक जना नेपाली को बिदेशी परिचय पत्र मार्फत निज् लाइ थाह नदिइ उसको नाम बाट सिम card निकालेर रेमिटेन्स मा account खोलेर अरु मान्छे हरु सङ ठगी गरेको र पछि फोन नम्बर बाट cyber police ले त्यो सोझो नेपाली लाई समातेको छ।

तेस्तै अहिले स्टुडेन्ट visa मा धेरै भाइ बहिनी हरु कोरिया आएको छ र उनीहरु लाई college time र काम गर्ने समय नमिलेको हुन्छ।तेहि भएर part time काम को साथ साथ कसरी हुन्छ छोटोे समय सजिलो काम पाउने भन्ने उनिहरु को सोचाइ हुन्छ।तेस्ता भाइ बहिनी हरु लाई ठग हरु ले online accounting को part time काम हो भनेर झुक्याएर उनिहरु मार्फत ठगी गरेको घटना हिजो आज निक्कै आएको छ र तेस्ता case मा केही निर्दोष नेपाली भाइ बहिनीहरु परेको छ।ठगहरुले तिमी मेरो लागि online accountant गर्नु र तिम्रो bank acc मा आएको पैसा केही प्रतिशत तिमिले राखेर बाकी मलाइ फलानो bank acc मा हाली दिनु भन्छ र ती भाइ बहिनी हरु ले सजिलो काम ठानेर गरि दिन्छ।तर यो काम गैरकानुनी हो भन्ने उनिहरु लाई तब मात्र थाह हुन्छ जब प्रहरी ले कुनै case मा अनुसन्धान गर्दा उनिहरु को bank acc को दुरुपयोग भएको पत्ता लागेर उनिहरु लाई प्रहरी कार्यालय मा बोलाउछ।तपाईं हामी लाई लाग्छ कि हामिले सामाजिक सन्जालमा आफ्नो नेपाली भाषामा जे लेखे पनि हुन्छ तर ख्याल गर्नुस कि प्रत्येक बिदेशीहरु कोरिया police को cyber cell को प्रत्येक्ष वा अप्रत्यक्ष रुप मा निगरानी मा हुन्छ। तसर्थ सामाजिक सन्जाल हरु मा लेख्दा र आफ्नो भावना ब्यक्त गर्दा ख्याल गर्नु होला।आज लाई इति।बिगत केही समय भित्र भएको घटना हरु छिटो नै जानकारी गराउने छु।

सजग रहनु होला परदेशमा सके सम्म सबै नेपाली एक हो भन्ने भावना राख्नु होला।किनभने बिदेश मा कुनै नेपाली ले राम्रो नराम्रो जस्तो काम गरे पनि ब्यक्ती को नाम,थर,जात वा क्षेत्र होइन कि नेपाली भनेर चिनिन्छ।मेरो यो लेखमा शुद्ध अशुद्धहरु नहेरी यस्को भावहरु बुजिदिनु आग्रह गर्द्छु।र पुरानो साथीहरू ले नया साथिहरु लाई सचेत गराइ राख्नु होला। अस्पताल पुलिस वा कतै भाषाको समस्या भए मलाइ कुनै पनि बेला msg गर्नु होला।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय