Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

स्वेच्छिक कम्पनि परिवर्तन गर्न पाउनुपर्ने लगायतका माग राख्दै ,प्रवासी मजदुर युनियनको कार्यक्रम सम्पन्न (फोटो फिचर सहित )

मिन बि क ,सौल दक्षिण कोरिया ,
मे १ अर्थात अन्तरास्ट्रिय मजदुर दिवसको कार्यक्रम प्रवासी मजदुर युनियनले अप्रिल २६ मै सम्पन्न गरेको छ ।
कोरियामा कोर्भिड -१९ कोरोना भाईरस्को कारण भेला सम्मेलन गर्न बन्देज लगाएको कारण अर्थात मे १ तारिक सम्पुर्ण प्रवासी कामदारहरुलाई बिदा नहुने भएको कारण अप्रिल २६ मै कार्यक्रम गर्नु परेको प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईले बताउनुभेको थियो ।
कार्यक्रममा प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईले बोल्दै स्वेच्छिक रुपमा कम्पनि परिवर्तन गर्न पाउनुपर्ने ,विभेदकारी इपिएस सिस्टम खारेज गरिनुपर्ने , बिदेशी कामदारलाई पनि कोरियन कामदार सरहको सेवा सुबिधा उपलब्ध गराउनुपर्ने , मजदुर अधिकारको सुनिश्चितता हुनुपर्ने , कामदारहरुले आफ्नो परिवारसंगै बस्न पाउनुपर्ने कोरोनाको कारण प्रभावित क्षेत्रका बिदेशी कामदारहरुलाई पनि राहत वितरण्मा समानता हुनुपर्ने लगायतका माग जोडदार रुपमा राख्नुभएको थियो ।


साथै कम्पनि परिवर्तन गर्दाका कठिनाईहरु मालिकले गर्ने दुर्ब्यबहारहरु , कम्पनीमा बिदेशी कामदारलाई गर्ने विभेदका उदाहरणका रुपमा बिदेशी कामदारहरुका आफ्ना भोगाइहरु आफ़ैले प्रस्तुत गरेका थिए । कम्पनि परिवर्तन गर्दा साहुले कुट्ने, दुर्ब्यबहार गर्ने , काम धेरै लगाउने तर काम गरेको जति तलब नदिने तलब धेरै काटेर मात्रै दिने । लैंगिक विभेद तथा दुर्ब्यबहार गर्ने र प्रत्यक दिन मरेर जिउनु पर्ने दुखद अनुभवहरु सुनाएका थिए ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय