Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियाले जनतालाई प्रति महिना ५० लाख तलव दिने

सोल-दक्षिण कोरियामा कोरोना संक्रमण दर केहि घट्दो क्रममा छ । संक्रमण दर घट्न थाले सँगै देशको अर्थतन्त्रलाई कसरि सवल बनाउने भन्ने बारेमा कोरियाली सरकार लागि परेको छ ।सोही कदमलाई मूर्तरुप दिन सरकारले आपतकालीन रोजगार योजना ल्याएको छ ।

कोरोना संक्रमणबाट पीडितहरुका लागि सरकारले १०.१ ट्रिलियन वन बराबरको रोजगार प्याकेज घोषणा गरेको हो ।कोरियाली अर्थमन्त्री होङ नाम कीका अनुसार सरकारले यस बर्ष रोजगार सृजनाका लागि छुट्याएको कुल बजेटको ४० प्रतिशत हाल करिव २८ लाख मानिसहरुलाई प्रत्यक्ष रोजगार दिने हेतुले विनियोजन गरिएको बताएका छन् । उनका अनुसार सो बजेट गत बर्षको सोही शीर्षकको बजेट भन्दा १.५ गुणा बढी हो ।

सरकारी योजना अनुसार कोरोना संक्रमणबाट गहिरो संकटमा परेका नागरिकहरुलाई प्रति महिना ५० लाख वनका दरले तीन महिनासम्म तलव दिएर रोजगारी दिने सरकारको लक्ष रहेको छ ।

यसका साथै सरकारले व्यापारीहरुलाई सुलभ कर्जा उपलव्घ गराउने र चाँडो भन्दा चाँडो देशको व्यापारलाई पुनर्ताजकी गराउने लक्ष लिएको पनि अधिकारीहरुले बताएका छन् ।सरकारले वातावरण रक्षा, जंगल व्यवस्थापन क्षेत्रमा करिव ३ लाखलाई रोजगारी दिने, डिजिटल प्रशासन क्षेत्रमा एक लाख लाई , नयाँ अवसर सृजना गर्ने रोजगार कम्पनीलाई १ लाख ५० हजार तथा अन्य विविध क्षेत्रमा विविध संख्यामा रोजगारी सृजना गर्ने बताएको छ ।हटपाटीबाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय