Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाको ख्याङ्गी प्रान्तमा बसोबास गर्ने विदेशीले पनि सरकारी राहत पाउने

कोरियाको ख्याङ्गिदो प्रान्तीय सरकारले बैबाहिक भिसा बाहक तथा स्थाई बसोबास गर्ने बिदेशी नागरिकलाई समेत सरकारी राहत उपलब्ध गराउने भएको छ ।गत फेब्रुरी देखि महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण आफ्ना नागरिकलाई दैनिक जीवनयापनमा समस्या आएको भन्दै सरकारले १ लाख कोरियान वोन राहत स्वरूप उपलब्ध गराउने निर्णय गरेको थियो ।

उक्त राहत पाउनेमा अब ख्याङ्गिदो प्रान्तमा स्थाई बसोबास गरिरहेका एफ -५ र एफ-६ भिसा भएका बिदेशी नागरिक पनि पर्ने छन् । कोरियामा ट्याक्स तिर्ने सम्पूर्ण बिदेशी नागरिकलाई राहत दिनु पर्छ भन्दै गएको ३ हप्तामा १४ हजार हस्ताक्षर सरकारी वेबसाइट जम्मा भएको थियो ।सरकारी तथ्यांकअनुसार हाल ख्याङ्गिदो प्रान्तमा ४८ हजार बैबाहिक भिसा बाहक र ६० हजार स्थाई बसोबास गर्दै आएका बिदेशी नागरिक छन् ।हेल्लो नेपाल कोरिया डटकम मा किशन गौतमको रिपोर्ट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय