Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरिया जान नआत्तिनूस्, लकडाउनपछि व्यवस्था गरिने छ : ईपीएस शाखा

कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत रोजगारीका लागि दक्षिण कोरिया जान अन्तिम प्रक्रियामा रहेका युवालाई वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले नआत्तिन आग्रह गरेको छ ।उक्त शाखाले सूचनामार्फत दक्षिण कोरिया जानका लागि श्रम सम्झौतापत्रमा हस्ताक्षर नगरेका युवालाई बन्दाबन्दीपछि व्यवस्था गरिने हुँदा नआत्तिन आग्रह गरेको हो ।यस्तै बिदामा कोरियाबाट स्वदेश फर्केका तर बन्दाबन्दीका कारण कोरिया फर्किन नपाउँदा भिसाको म्याद सकिएकाले पनि म्याद थपका लागि निवेदन दिनसक्ने जनाइएको छ ।

दक्षिण कोरिया सरकारले भिसाको म्याद थप गर्नुपर्नेको सूची मागेको छ । सो शाखाका प्रमुख कृष्णप्रसाद खनालले हरेक १५ दिनमा शाखाबाट सूची पठाइरहेको जानकारी दिनुभयो ।साथै उहाँले यसका लागि सम्बधित व्यक्तिलाई ईपीएस शाखाको इमेलमा आफ्नो विवरण पेस गर्न आग्रह गर्नुभयो । विवरण पेस गर्दा आफ्नो मोबाइल नम्बर अनिवार्य उपलब्ध गराउन पनि शाखाले आह्वान गरेको छ ।

बिदामा स्वदेश फर्केका तपसिलका ब्यक्तिहरुले ई. पि. एस. सेन्टर नेपालको ईमेल nepalhrd@hotmail.com मा आफ्नो फोन न‌. (अनिवार्य) सहित अन्य बिबरण उपलब्ध गराउनु हुन अनुरोध छ । hellonepalkorea

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय